बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा 

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा 


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/  हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरतापछि सस्ंथागत रुप पाएकोमा खुसि व्यक्त गर्दै गाउँको पुराना पदमार्गलाई पर्यटनसंग जोड्दै पर्यटन प्रवद्र्घनको दुतको रुपमा हाइकर्स क्लबको भूमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पर्यटकको बसाइ लम्व्याउनका लागि र पोखरामा आउने पर्यटकलाई गाँउठाँउको रहनसहन देखाउदै भुलाउनको लागि हाइकिङ उत्तम माध्यम भएको बताउँदै हाइकर्स क्लब नेपालले हालसम्म गरेको हाइकिङ गन्तब्यका पहिचानसहितको गाइडबुक निकालेर पोखराको पर्यटन पर्वद्घनमा थप टेवा पुग्ने बताउदै यस कार्यमा लाग्न पोखरा पर्यटन परिषदले साथ दिने बताए ।

सो अवसरमा पोखरा महानगरपालिकाका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा हुने क्रममा रहेको बताउदै क्लबलाई साथ र सहयोग गर्न महानगर तयार रहेको बताए । त्यसैगरी राष्ट्रिय पर्यटन परिषदका पुर्व सदस्य एवम पोखरा २१ का पुर्व वडाध्यक्ष खगराज आचार्यले पर्यटन प्रवद्र्घनको स्पष्ट मार्गचित्र कोरेर दिर्घकालिन योजना बनाएर नै हाइकिङ अभियानलाई अगाडी बढाउन सुझाव दिएका थिए ।

कार्यक्रममा हाइकिङ अभियानलाई सुरुवाती दिनहरुमा नेतृत्व गर्न भूमिका खेल्ने प्रविन तुलाचन, जेष्ठ नागरिक भएर पनि निरन्तर हाइकिङमा सहभागी हुने यमबहादुर रानाभाट र सुशिला रानाभाटसहित महिला सरस्वती अधिकारीलाई सम्मान गरिएको थियो ।
त्यस्तै एसियन फोरमका अध्यक्ष पार्वती पौडेल रेग्मी, सम्मानित व्यक्तिको तर्फबाट प्रविण तुलाचनले शुभकामना व्यक्त गरेका थिए भने राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान स्याङजाका अध्यक्ष लोकदोहोरी गायक नेत्र खड्काले हाइकिङसंग सम्बन्धित साँङगीतिक प्रस्तुति राखेका थिए ।
सभामा कोषाध्यक्ष टिका आचार्य सुवेदीको आर्थिक प्रतिवेदन र सचिव मधु अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सभाले सर्वसम्मत पारित गरेका थियो । हाल क्लबमा २८ जना आजीवन र ४० जना साधारण सदस्य रहेको जानकारी दिएका थिए ।
क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सदस्य तिलक थापा संचालन सचिव मधु अधिकारीले गरेका थिए । सभा सम्पन्न गरेपछि हाइकर्स टोलीले आफ्नो ५४ औं हाइकिङको रुपमा पाखरा १७ ड्यामसाइड रानीवन हुदै पोखरा २२ कोदीमा अवस्थित झण्डापार्कसम्म पुगेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->