बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते

पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो भन्ने बोलको गीतबाट प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे ।

प्रकाशको प्रस्तुतीमा युवादेखि बृद्धबृद्धाहरुले मनोरन्जन लिए । आइतबार दुतराजसंगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा क्षेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नवराज अधिकारीको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए । त्यसैगरी हाँस्यब्यङग्यतर्फ दीपक थापाको प्रस्तुती र जादुमा समेत दर्शकले मनोरन्जन लिन पाए । आइतबार सांझको लाइभ कन्सर्टतर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुतीमा युवाहरु झुमे । महोत्सवको पाँचौ दिन सोमबार ज्योती मगर, शंकर बिरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्ण सुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्ट तर्फ डी फिरन्तेको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।

चौथो दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बढ्दै जान लागेको छ भने महोत्सवमा राखिएको स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार वढ्दै गएको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए । महोत्सवमा आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको कक्षबाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र फिजिसियन कन्सल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको छ । त्यसैगरी मुुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिद गरेमा १ वटा कुपन प्राप्त गर्न सक्नेछन । महोत्सवमा सामान खरिद गर्ने उपभोक्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाई बेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भाग्यशाली उपभोक्तालाई बेटर मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाई बेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्न सक्नेछन ।

त्यसैगरी महोत्सवको सह प्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्धकट्टी लिएर केबलकार चढ्न जानेलाई २५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत २५ प्रतिशत छुट पाउनेछन ।महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिको स्टलबाट आइतबार पोखरा ८ का रविन्दबहादुर थापा र अमृत के भट्टराईले गोला प्रथाबाट निशुल्क भाषा कक्षाका लागि छनौट भएका महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । भिजन लिंकको स्टलबाट प्रत्येक दिन एक जनालाई निशुल्क भाषा कक्षाको अवसरसंगै महोत्सव अवधिभर भाषा कक्षा भर्नामा ४० प्रतिशत सम्म छुट प्रदान गर्नेछ ।

महोत्सव अवधिभर महोत्सव स्थलमा राखिने नेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुईप्रति पासपोर्ट साइजको फोटो साथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने छ । फुड पार्टनमार रहेको पोखरा सेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा सेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउनेछन । महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङ गर्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->