सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटमा गर्भ जाँच गर्न आउनेलाई फोटो फ्रेम उपहार

गलकोटमा गर्भ जाँच गर्न आउनेलाई फोटो फ्रेम उपहार


  • ढोरपाटन संवाददाता
  • पुष २९ २०८१, सोमबार

बागलुङ/गलकोट नगरपालिकामा पहिलो पटक गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई सन्देशमुलक फोटो फ्रेम उपहार दिन थालिएको छ ।
गलकोट नगरपालिका स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१÷०८२ मा स्वीकृत कार्यक्रमअन्र्तगतग गर्भवती महिलालाई प्रोत्साहन गर्नको लागि पहिलो भेटमा सन्देशमुलक फोटो फ्रेम उपहार दिन थालिएको हो ।
गलकोट नगरपालिका अन्र्तगतका सबै स्वास्थ्य संस्थामा गर्भ जाँच गर्न आउने गर्भवती महिलालाई पहिलो भेटमा दिने फ्रेमले उनीहरुलाई आफ्नो स्वास्थ्यबारे नियमित सम्झाउने नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले बताए । ‘यो विधिले गर्भवतीलाई नियमित गर्भ जाँच गर्न प्रोत्साहन पनि मिल्नेछ’ पौडेलले भने, ‘नगरपालिकाले नागरिकको स्वास्थ्य रक्षाका लागि नविनतम विधि ल्याएको हो ।’
यो फ्रेममा गर्भवतीको फोटो, गर्भ जाँच गर्ने समय, गर्भवती समयमा पोषणको महत्व, खानुपर्ने कुराहरुको जानकारी, सुत्केरी अवस्थामा देखापर्न सक्ने खतराका लक्षणहरु सहितको सन्देशमुलक जानकारी राखिएको छ । यो विधि बुझ्न थालेपछि सबैले नियमित गर्भ जाँच गर्ने र आफ्नो स्वास्थ्यबारे ख्याल गर्ने समेत पौडेलले जानकारी दिए ।
यो फ्रेमले गर्भवती महिलालाई सहज हुने र आफ्नो स्वास्थ्यबारे ख्याल गर्नुपर्छ भन्ने थाहा भएको पौडेलको अनुभव छ । गत असारमा नगरपालिकाले ल्याएको नीतिमा नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकता राखिएको थियो । तीनै प्राथमिकताको आधारमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन विभिन्न विधि अपनाइएको हो । नगरले नीतिगत रुपमा सम्बोधन गरेपछि शाखाले नविनतम विधि ल्याएको नगर प्रमुख भरत शर्मा गैरेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->