पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधवार सेन्टमेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्टमेरिजले बालकन्याण, कालिका मावि र अमरसिंह मावि (बि) लाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
१४ टीमको सहभागीता रहेको सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार कास्की मोडनाइज्ड स्कुल, हार्वड ई. बोर्डिङ स्कुल र ज्ञानगंगा बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ४ गते शुक्रबार बेसलाइन ई. बोडिङ स्कुल, पोखरा युनाईटेड एकेडेमी र अमरसिंह मावि (ए) बीच प्रतिस्पर्धा रहने छ । माघ ५ गते सरस्वती ई. बोर्डिङ स्कुल, न्यू ग्यालेक्सी ई. बोर्डिङ स्कुल, विभुति शिक्षा सदन र प्यारामाउण्ट पब्लिक स्कुलबीच प्रीतस्पर्धा रहने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
प्रचारप्रसार संयोजक दिनेश सुनारका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ४५ हजार, शिल्ड र प्रमाणपत्र, दोश्रो हुनेले नगद ३० हजार, शिल्ड र प्रमाण पत्र तृतिय हुनेले नगद २० हजार शिल्ड र प्रमाण पत्र र शान्तवना स्थान हाँसिल गर्ने दुई वटा टिमले जनही नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन । सातौं दिन सम्म आइपुग्दा पोखरा महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता जनाएका छन । महोत्सवमा दर्शकको आगमनसंगै महोत्सवमा राखिएका स्टलहरुमा समेत ब्यापार बढेको महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
महोत्सवमा बुधवार लोक तथा दोहोरी गायिका अस्मिता अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । अधिकारीसंगै चोलेन्द्र पौडेल, तारापति सुवेदी, तुलसा क्षेत्री, ज्योती लोहनी, बसन्ती थापा मगर, कमला सुनार, परशुराम अधिकारीको दोहोरी प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिएका थिए भने राजेन्द्र गिरी (गुन्दु्रके) को हाँस्यब्यङ्ग्य प्रस्तुतीमा दर्शकहरु रमाएका थिए । साँझको लाइभ ब्याण्डतर्फ सुगम पोखरेल एण्ड बाजागाजाको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवको आठौं दिन लोकदोहोरीतर्फ लोक तथा दोहोरी गायक बद्री पंगेनी, चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा (म्याकुरी) को प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्टतर्फ कबवेवको प्रस्तुती रहने महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि स्व. रामबहादुर थापाको स्मृतीमा जेष्ठ नागरिक समाज नेपाल कास्कीको अक्षयकोषको ब्याजबाट नगद पाँच हजार १ सय संस्थाका सचिव ईच्छाबहादुर वाग्लेसहित छोराहरु शान्तबहादुर थापा, सुनिलबहादुर थापा र शुशिलबहादुर थापाको उपस्थितीमा महोत्सव आयोजक युनाईटेड क्लबका पदाधिकारीहरुलाई प्रदान गरिएको थियो ।




