सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सिरुवारी र भकुण्डे गाउँको भगिनी सम्बन्ध

सिरुवारी र भकुण्डे गाउँको भगिनी सम्बन्ध


  • याम बहादुर थापा मगर
  • माघ ४ २०८१, शुक्रबार

नेपालमा भगिनी गाउँ सम्बन्धको प्रारम्भ

नेपालको गाउँमा मितेरी गाउँको प्रचलनभन्दा भनि मित लगाउने चलन व्यापक छ । मित बाबा, मितज्यु, मित आमाको बारेमा प्रचलन रहि चिनजानको साथीलाई अति नजिकको साथी, आफन्त बनाई सामाजिक परम्परा, आर्थिक परम्परा एक आपसमा बुझने र बुझाउने परम्परा हुन्छ । सुख र दुखको परिवेशमा साइनो लगाएका परिवारबीच घरायसी सँस्कृति र अनुभव साटासाट गरेर सामाजिक सम्बन्ध विस्तार र विकास गर्ने गरेको पाइन्छ । तर नेपालका विभिन्न देश र विदेशका गाउँ शहर बिचमा भगिनी सम्बन्ध स्थापना गरेर नजिकको सम्बन्धमा स्थापित गरेको पाइन्छ । नेपालमा भएका विदेशी शहरको भगिनी सम्बन्धहरु विशेष गरि नेपालमा पर्यटकहरु आउने प्रचलनको शुरुवातभन्दा पनि नेपालीहरु विदेश भ्रमण मात्र गर्न जाने माध्यमको रुपमा विकास भएको पाउन सकिन्छ ।

भगिनी सम्बन्धका माध्यमबाट नेपालका पर्यटकीय स्थलहरु बढी मात्रामा प्रचार प्रसार भै विदेशी डलर भित्रिने खालको बहुसंख्यामा पर्यटक आउन अझै बाँकी रहेको आभास हुन्छ । अर्कोतिर नेपालभित्रकै नगरपालिका, गाउँपालिकाबीच भएको मितेरी सम्बन्धले आन्तरीक पर्यटकको अनुभव लिन सहज र क्रियाशिल भएको पाइन्छ । नेपालका ऐतिहासिक स्थल, होमस्टे लगायतका स्थलहरु ब्राण्डको रुपमा स्थापित गर्न भगिनी सम्बन्ध स्थापना हुन सकिन्छ । भगिनी सम्बन्धका कार्ययोजना, दस्तावेज, संस्थागत विकास, नीति, कानुन, कार्यविधीहरुलाई जिवन्त बनाई रोजगारको कारखाना खोल्नमा ध्यान दिई आर्थिक विकासमा टेवा दिने पर्यटन विकास गराउनमा कम्मर कस्नको लागि ढिला गर्नु हुदैन ।

नेपालको पाँच वर्षिय योजनाका लक्ष्य, उद्धेश्य, आवधिक बजेट तथा योजना, मन्त्रालय, प्रदेश स्तरीय पन्चवर्षीय योजना तथा प्रदेश स्तरका पर्यटन मन्त्रालय, पर्यटन तथा उद्योग कार्यालय, समग्र पालिकाहरुको संरचनाहरुका बारेमा पर्यटनलाई बहुत लोभलाग्दो तरिकाले सम्बोधन गरिएपनि व्यवहारिक रुपमा कार्यान्वयन भै समृद्ध रिजल्ट आउनमा धेरैभन्दा धेरै ढिला भएको अनुभव हाम्रो अगाडी छ । कतै डुब्लीकेशन भएर बर्बादी त कतै सही स्थानमा सही स्रोत साधनको अभावमा बर्बादीलाई संरक्षण गर्नमा ध्यान गनुपर्ने देखिन्छ ।

विदेशी शहरहरुसँग नेपालका शहर/गाउँहरुको भगिनी सम्बन्धको कथा
नेपालका विभिन्न गाउँ शहरको नेपालभित्रकै समस्तरको गाउँपालिका बिचको समन्वय र विकासका लागि भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ । नेपालका मुख्य शहरहरु विश्वका विभिन्न शहरहरुसँग भगिनी सम्बन्ध स्थापित गरेर सांस्कृतिक, सामाजिक, कला, पर्यटन प्रर्वद्धन, ऐतिहासिक महत्वका पुरातात्विक वस्तुहरु, बुद्ध जन्मेको स्थान लुम्बिनी, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर तथा हिमालहरुको प्रचार प्रसार गरेमा नेपालमा डलरको खेती गर्न सकिन्छ भन्ने विश्लेषण गरेको पाइन्छ । मुस्ताङको थासाङ गाउँपालिका टुकुचे गाउँको भगिनी सम्बन्ध नेपालमा पहिलो पटक जापानको टोगा गाउँसँग भएको पाउन सकिन्छ । त्यसैगरी मुस्ताङकै घरपजोङ गाउँपालिकाको जापानको शहरको भएको छ । लोमान्थाङ गाउँपालिकाको अमेरिकाको शहरसँग भगिनी सम्बन्ध भएको छ । पोखरा महानगरपालिकाको चिनको शहरसँग पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हँदा सम्बन्ध स्थापित भएको थियो । लन्डनको ब्रेकन सिटीको भगिनी सम्बन्ध कास्कीको धम्पुससँग स्थापित भई सहकार्य भएको छ । त्यसैगरी बेलायतको लन्डन बरो अफ बार्नेट बिच पोखरा शहरको भगिनी सम्बन्ध भएको पाइन्छ । ताङताङी गाउँको भगिनी सम्बन्ध बेलायतको शहरसँग भएको पाइन्छ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँको खोजी गर्र्दै रिऋष गाउँलाई स्थापित र प्रचार प्रसार गर्न खोजेको पाइन्छ ।

नेपालको धुर्कोट गाउँपालिका गुल्मी जिल्ला, बन्दीपुर गाउँपालिका तनहुँ र ताराखोला गाउँपालिका बागलुङ बिच त्रिपक्षीय भगिनी सम्बन्ध स्थापना भएको पाइन्छ । बागलुङ नगरपालिका र रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका बिच भगिनी सम्बन्ध गाँस्ने काम भएको छ । बन्दीपुर गाउँपालिका तनहुँ र गोरखाको बारपाक गाउँबीच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका नगर प्रमुख मनमोहन चौधरीले स्पेन देशको विश्व सम्पदा सुचीमा सुचिकृत काथेरेस नगरपालिका बिच भगिनी सम्बन्ध नगर प्रमुख लुइस सलपर जुलियनले गरेको पाइन्छ । त्यसैगरी भक्तपुर नगरपालिकाको वि.स. २०७३ साल साउन ३० गते चिनको स्वशासित क्षेत्र तिब्बतको शान्नान शहरबीच भएको पाइन्छ ।

नेपालको राजधानी काठमाडौं शहरको भगिनी सम्बन्ध धेरै देशका शहरहरुसँग स्थापित भएको पाउन सकिन्छ । चीनको नान्जी (नान्जिङ) शहर, थाइल्यान्ड देशको बैकंक शहरसँग, अमेरिका देशको बोन्डा शहरसँग, अमेरिकाकै फ्रेडरिक बर्ग शहरसँग, चीनको छेन्दु शहरसँग, दक्षिण कोरियाको सोल शहरसँग, चीचको ग्वाङझाओसँग, भारतको वाराणसी शहरसँग, चिनको सेन्जेन शहरसँग, चिनको स्वशासीत क्षेत्र तिब्बतको ल्हासा शहरसँग, उत्तर कोरियाको पेङवाङ शहर, बर्मा देशको यंगुन शहरसँग, बेलारुसको मिन्सक शहरसँग, चीनको सियान शहरसँग, जापानको मात्सुमोनो शहर, अमेरिकाको रोचेस्टर शहरसँग, अमेरिकाकै युजेव शहरसँग भएको पाउन सकिन्छ । बुटवल उपमहानगरपालिकाको सियान शहरसँग भगिनी सम्बन्ध भएको छ । काभ्रेपञ्चालोकको बनेपा नगरपालिकाको सेघाछे शहरसँग भएको पाइन्छ । ललितपुर महानगरपालिकाको चेओखन शहर बिच भगिनी सम्बन्ध स्थापित भएको पाइन्छ ।

बागेश्वरी नगरपालिकाको जापान देशको ओत्सुकी शहर बिच र ललितपुर महानगरपालिकाको चीनको चिनख्वा शहरबीच भगिनी सम्बन्ध भएको पाइन्छ । त्यसैगरी ललितपुरको जुम्लाको चन्दननाथ नगरपालिका बिच भगिनी सम्बन्ध भएको छ । ललितपुर महानगरपालिकाको भगिनी सम्बन्ध गुल्मीको मालिका गाउँपालिकासँग भएको पाइन्छ । तिब्बतको शातल शहरको भक्तपुर नगरपालिकासँग भएको देखिन्छ । रुसको डर्बेन्ट शहरको भगिनी सम्बन्ध भक्तपुर शहरसँग भएको छ । भक्तपुर नगरपालिकाको सहकार्य चीनको लशान नगरको बिचमा मितिनी सम्बन्ध भएको थियो । रुपन्देही जिल्लाको भैरहवा शहरको मितेरी सम्बन्ध बाओजी शहरको भएको अवस्था छ । सियान शहरको चीनको र बुटवल शहरबीच भएको पाइन्छ ।

मोरग जिल्लाको बिराटनगर शहर र न्युयोर्क शहर अमेरिकाबीच भगिनी सम्बन्ध स्थापित गर्नका लागि प्रस्ताव भएको छ । इलाम नगरपालिका र धरान महानगरपालिका बिच भगिनी सम्बन्ध भएको जानकारी प्राप्त भएको छ । धरान महानगरपालिका र पोखरा महानगरपालिका बिच समेत भगिनी सम्बन्ध स्थापना भएको छ । चितवनको भरतपुर महानगरपालिका र जापानको योकोसुका शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ । माथि उल्लेख गरिएका भगिनी सम्बन्धहरु बाहेक आगामी दिनहरुमा अझै धेरै पालिकाहरु बिचमा गर्न बाँकी छ । एकआपसको पारस्परिक सम्बन्धलाई स्थापित गर्दै नविकरण गर्दै पर्यटनका विषयमा अनुशिक्षण गर्नमा ढिला गर्नु हुदैन ।

बागलुङ भकुण्डेको होमस्टे पर्यटन उद्योगमा बामे सर्दै
भकुण्डे नाम गरेका स्थानहरुको बारेमा सोधखोज गर्दा नेपालका हालसम्म मैले केही जिल्लाका प्रसिद्ध स्थानहरुमध्ये नै पाएको छु । भकुण्डे नामलाई पर्यटनको हिसाबले जनजनको जिब्रोमा बागलुङको भकुण्डेलाई नै परिचित गराउने बाटोमा लाग्नुपर्दछ । हल्लाखल्ला गरेर बागलुङको भकुण्डेमा बाह्रय तथा आन्तरिक पर्यटकको आगमनमा वृद्धि गर्न लागिपर्न जरुरी देखिन्छ । गाउँले बस्तीहरु बसाइ सराइको कारणले रित्तिदो क्रममा छ । नयाँ घरहरु नबन्ने परम्पराको थालनी भैसकेको छ । छोडेर गएका पुराना घरहरु गाउँघरमा भत्किन थालेको अवस्था छ । त्यसैले म्याग्दी जिल्लाको बेनी नगरपालिकामा पर्ने ज्यामुरकोटमा भकुण्डे नाममा स्थान, भुगोल र चिरपरिचित गाउँ रहेको छ । ज्यामरुकोट भकुण्डेको लागि आजभोलिका मानिसहरुले अधिकांशले भकुण्डे भनेर म्याग्दीका मानिसहरुले मात्र जान्ने, बुझने गर्दछन् । त्यसैगरि स्याङजाको बालिङ भकुण्डे रहेको छ ।

बालिङ भकुण्डेका मानिसहरु तुलनात्मक रुपमा शैक्षिक क्षेत्रमा अगाडी भएको पाइन्छ । त्यसैगरी लमलुङको भकुण्डे गाउँ विकास समिति रहेको हाल संघियताको कारणले भकुण्डे टोल, गाउँको नाममा परिणत भएको पाइन्छ । त्यसैगरी काभ्रेपाञ्चोक जिल्लामा समेत भकुण्डे रहेको छ । अर्को भकुण्डे गाउँ विकास समिति बागलुङ जिल्लाको रहेको छ । जुन भकुण्डेमा अहिले होमस्टे सचालन भै पर्यटन प्रवद्र्धनमा सफलता हासिल गर्न अगाडी बढिरहेको छ । पर्यटन व्यवसायमा बागलुङ कालिका माई, पञ्चकोट, गोल्डेन ब्रिज कालीगण्डकी, ढोरपाटन, गाजाको दह, साग्दीको मन्दिर, नौडल्ले पहाड, घुम्टेको लेक, टेउवा मुर्ति संग्राहलय, गाइघाट झरना, भैरवस्थान मन्दिर, बलेवा एयरर्पोट, पैयुथन्थाप माई, हाडीकोट, भकुण्डे भ्युटावरमा आउजाउ गर्ने पर्यटकहरुलाई भकुण्डे गाउँको होमस्टेमा समेत आवगमन गराउन पहल गर्नुुपर्ने अवस्था छ । पर्यटनलाई डलरको खेतीको व्यापार भन्छन् तर भकुण्डेका मानिसहरुको बसाइ सराइ तिव्र गतिमा भएको, जनसंख्या तिव्र गतिमा घटेको, उत्पादन हुने जग्गा जमिन बाँझो हुने क्रम बढेकोले पुर्वाधार विकासको रुपमा रहेको खानेपानी, मोटरबाटो, भवन, कृषि, पशुपालनमा उद्यमशिलतासँग जोडेर नवप्र्रवतनमा लाग्नुपर्ने सोच अगाडी ग्रासरुट तरिकाले भकुण्डेमा बढाउन जरुरी भएको छ ।

भकुण्डे र सिरुवारी गाऊँको मितेरी सम्बन्धको पटकथा
स्याङजामा क्याप्टेन रुद्र बहादुर गुरुङले लगाब, योगदान र परिश्रम बढाएर सिरुवारीलाई होमस्टे (घरबास) का कारण आन्तरीक र बाह्रय पर्यटक भित्राउन सफल भए । सिरुवारी गुरुङ बस्ती भएकोले लमजुङ जिल्लाको घले गाउँ, भुुजुङ गाउँ, सिग्दी गाउँ, राइनासकोट गाउँ जस्तै बढी परिचित हुन पुग्यो । राज्यका पर्यटन सम्बन्धी निकायहरुले नियमित अनुगमन र पुर्वाधार विकासले यात्रालाई सहज बनाईदियो । बागलुङ भकुण्डेको धौलेचउरमा पनि होमस्टेको विकास र विस्तारको संस्थागत अभियानको प्रतिफल रुद्रमान गुरुङ स्मृति पार्कको सोच आयो । होमस्टेको तालिम, गोष्ठी, भ्रमण हुँदा नेपालमा होमस्टेका संस्थापक स्व. रुद्रमान गुरुङ भएको जानकारी हुन आएपछि उहाँको थप जीवनीहरु समेत अध्यययन हुन थाल्यो । भारतीय सेनाबाट अवकाश पाएपछि नेपाली कांग्रेसको राजनीतिबाट सांसद समेत भएको पाइन्छ । भकुण्डेका होमस्टे अभियन्ताहरुलाई विभिन्न कार्यक्रममा सहभागी हुँदा उच्च सम्मान र प्रशंसा अकल्पनीय रुपमा गरेको र सम्मानको समयमा उत्पन्न भावनाको उजागरपछि भकुण्डे गाउँमा पर्यटनका थप पुर्वाधार निर्माण गर्न लागि अपप्र्यात स्रोत तथा साधनहरु भएपनि निरन्तर लागि लाग्न पुग्दछन् । होमस्टेको अनुभव आदानप्रदान गर्ने, होमस्टेको भावी योजना निर्माण गर्ने, सशक्तिकरण गर्ने, एक आपसमा स्थलगत भ्रमण गर्ने शिलशिलामा नयाँ र नौलो ऐतिहासिक पार्क स्थलको रुपमा रुद्रमान गुरुङ स्मृती पार्क बनाउने सोच आएको र घना मगर बस्तीहरुको बिचमा समेत गुरुङ समुदायको नेपालका होमस्टेका पिताको शालिक अनावरण गरेर पर्यटकीय गन्तव्य बनाउने सोच र योजना बनेको होमस्टे संचालक खिम बहादुर थापाले बताउनुहुन्छ ।

खासमा नेपालका विभिन्न शहर, पालिका र नगरपालिकाभित्र भगिनी सम्बन्ध स्थापना गर्ने समयमा बढी मात्रामा नगर प्रमुख, गाउँपालिका अध्यक्ष नै बढी अग्रसर भएर लागिपरेको होमस्टेका इतिहासका पानाहरु र भगिनी सम्बन्धमा खोजी गर्दा देखिन्छ । सिरुवारी र भकुण्डे मात्र नभैकन अरु थुप्रै गाउँ शहर र प्रदेशहरुका पालिका बिच भगिनी सम्बन्ध स्थापना गर्न पाएमा अझै एक आपसमा अनुभव र ज्ञान आदानप्रदान भै संस्थागत विकास र विस्तार गर्न सकिने कुरालाई उजागर गर्न सकिन्छ । भकुण्डे घुम्न आउने पर्यटकलाई सिरुवारीको बारेमा जानकारी दिने र सिरुवारीमा आउनेलाई भकुण्डेबारे विस्तृत जानकारी गराई पाहुनालाई बढीभन्दा बढी लोभ्याएर आर्थिक उपार्जन गर्न सकिन्छ । पर्यटकलाई पालो सिस्टममा रुपान्तरण गर्न सकेमा पक्कै पर्यटकको आगमन बढ्न सक्छ । कतै कतै त पर्यटनलाई सकारात्मक हल्ला र प्रचार प्रसारको व्यापार समेत भन्ने भएकोले सो गर्नमा निरन्तरता दिन कन्जुस्याई गर्नु हुदैन ।

अतिथि सत्कार सामुदायीक होमस्टे बागलुङ र सिरुवारी सामुदायिक हामेस्टे स्याङजा बिचको मितेरी सम्बन्ध कायय गर्ने सम्बन्धी समझदारी पत्र २०८० अनुसार वि.स. २०७३ सालदेखि दर्ता भएर ९० शैयामा पाहुनालाई स्वागत दिन तम्तयार रहेको छ । मिति २०८० चैत्र २८ गते भगिनी सम्बन्ध स्थापना भएकोले नेपालभरका सामुदायिक होमस्टेका असल अभ्यासलाई अवलोकन, भम्रण गरेर आदानप्रदान गर्नुपर्दछ । एक आपसमा होर्डिङ बोर्ड निर्माण गरेर जनस्तरमा जानकारी दिने सम्झौता भएको छ । भकुण्डे गाउँ समुन्द्र सतह ८५० मिटरदेखि २३५० मिटरको उचाईमा छ भने सिरुवारी समुन्द्र सतहदेखि १६१० मिटरमा अवस्थीत छ । आधीखोला गाउँपालिकाको वडा नं. १ मा अवस्थीत सिरुबारी सामुदायिक होमस्टे २०५४ कार्तिक २३ गते अगुवा श्री रुद्रमान गुरुङले संचालन गरेको पाउन सकिन्छ ।

आगामी दिनहरुमा पर्यटनको लागि सामुदायिक होमस्टे

विकाससँगै विनाश आउने संभावनालाई मध्यनजर गर्दै पर्यटकसँग आउने विभिन्न खालका विकृतिहरुलाई निस्तेज गर्नमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । सरुवा रोगहरुको आगमन हुने, बढी मात्रामा मादक पदार्थ, दुव्र्यसनका पारखीहरु पर्यटक भएर आउने, मौलिक कला सँस्कृतिलाई अतिक्रमण गरेर बाह्रय कला, सँस्कृति भित्रिने, अनुसन्धान तथा खोजका लागि हुने गतिविधिहरु हाम्रा लागि अनुदान, सहयोग घातक हुने परिपाटीप्रति सजक हुनु पर्दछ । आगामी दिनहरु थप थुप्रै नेपालभित्र र बाहिरका शहरप्रति बफादारी र हितैषी भावना अनुसार भगिनी सम्बन्ध स्थापित गर्नमा पहल गरेर धेरैभन्दा धेरै सकारात्मक सोच सर्कुलेसन गर्नमा पाइला चाल्नुको विकल्प छैन । पर्यटन सँस्कारको सँगै पुर्वाधार, शिक्षा र स्वास्थ्यमा समेत ध्यान पुर्याउनमा समेत जानकारी दिनुपर्छ । होमस्टेको सकारात्मक सँस्कार सबै गाउँबस्तीहरुमा पुर्याउनु पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->