मेडिटेसन शव्दको जन्म ल्याटिनको मेडिटरीवाट भएको हो । मेडिटरीको अर्थ उपचार गर्नु भन्ने हुन्छ । यस प्रकार ध्यानले शारीरिक एवं मानसिक विमारीहरुको वैज्ञानिक इलाज गर्छ । जसरी खरबौ रुपमा छरिएर रहेको सुर्यका किरणहरुलाई लेन्सले एकत्रित गरिदिंदा सूर्यका समान्य किरणहरु आगो बन्छ । त्यसरी नै हजारौं विचारहरुमा खण्डित भएको मनको शक्तिलाई ध्यानले एकत्रित गरिदियो भने मनको शक्ति असीम बन्छ । यही असीम शक्तीले नै चमत्करीक रुपमा मन अनि तनको हिलिङ गरिदिन्छ । यस प्रकारको हिलिङ पावरले कयौं रोगहरुलाई निदान गर्नुका साथै सम्भावित रोगहरुलाई समेत दूर गरिदिन्छ ।
यसो भए मसँग कुनै किसिमको रोग नै छैन यस कारण मैले ध्यान गर्नु जरुरी रहेन भन्ने एकथरीका आफूलाई निरोगीको दावेदार गर्नेहरुलाई यस्तो लाग्न सक्छ । तर याद राख्नोस् मित्र आजको मनोवैज्ञानिकहरुले शारीरिक रुपमा स्वस्थ व्यक्तिलाई पनि स्वस्थ मान्न सकेको छैन । यदि कसैले आफूलाई पूर्ण रुपमा स्वस्थ छु भनि दावा गर्छ भने ऊ आफ्नो मानसिक जीवन पनि स्वस्थ हुन जरुरी हुन्छ । नत्र शारीरिक रुपमा तन्दुरुस्त हुँदाहँंदै पनि मानसिक रुपमा रोगी हुनु हुन्छ भने मनोवैज्ञानिकहरुको नजरमा तपाई पनि अस्वस्थ ठहरिनु हुनेछ । यति कुरा सुने पछि मित्रहरुलाई लाग्न सक्छ, मनको रोग पत्ता लगाउने अचुक कडी के छ ? आउनुस् मित्र हामी वैज्ञानिक युगमा छौं । आज वैज्ञानिकहरुले यस्तो मेशिन पनि आविष्कार गरिदिएका छन् जुन मेशिनले हाम्रो ब्रेनको इलेक्ट्रो म्याग्नेटिक वेभलाई जाँच गरी त्यसैको आधारमा मान्छे कति प्रतिशत मानसिक रुपमा खुस्केको छ भनि थाहा पाउन सकिन्छ त्यो मेशिनको नाम हो भ्भ्न् मेशिन । यो मेशिन नेपालको शिक्षण अस्पतालमा मात्र उपलव्ध छ । यदि हामी त्यहाँ गएर भ्भ्न् मेशिनले जाँच गर्ने हो भने हामी पनि खुस्केको रोगी मध्येमा पर्ने छौं । केबल कति प्रतिशत खुस्केको भन्ने कुरा मात्र हो । यसको मतलव मानसिक रुपमा हामी सवै सद्दे हैनौ । हामी धेरै थोरै मानसिक रोगी नै हौं । किनभने जो मानसिक रुपमा स्वस्थ व्यक्ति छ उसको विचार सदा सकारात्मक हुन्छ । उसको मन अविचलित हुन्छ । उसको मनमा नराम्रो सोच आएको हुंदैन । ज्यादा इष्र्यामा आफ्नो चित्त जलाएको हुँदैन । ज्यादा डाहामा आफ्नो हृदय जलाएको हुँदैन । ज्यादा लोभी वनेर जीवनलाई निकृष्ट वनाएको हुँदैन । ज्यादा मोहमा आशक्त भएर आफूलाई गुलाम बनाएको हुँदैन । रिसको दास बनेर सर्वनाश गरेको हुँदैन । झूटो बोलेर आत्मसम्मान गिराएको हुँदैन । पाप गरेर पापी वनेको हुँदैन । वास्तवमा त्यस्तो व्यक्ति मात्रै मानसिक रुपमा स्वस्थ हुन सक्छ । किनकी यी सवै निरोगीका गुणहरु हुन् । यी गुणका आधारमा पनि मानसिक स्वास्थ्य परिक्षण गर्न सकिने कुरा भयो ।
कुनै पनि रोगको ईलाजमा जानु अघि रोगीले म रोगी छु भनि स्वीकार्नु पर्छ । गजवको कुरा त यो छ मानसिक रोगीले आफूलाई कहिल्यै रोगी ठान्दैन । मनको रोग उत्कर्षमा पुग्यो भने मात्र आफू रोगी भएको स्वीकार्छ । तर रोगको शुरुवात कसरी भयो थाहा पाउँदैन । जति बताउन सक्छ ती कुराहरुले सफल उपचारको लागि अर्थ राख्दैन । यस्ता रोगीहरुलाई मनोवैज्ञानिक एवं योगीहरुले हिप्नोटाइजको माध्यमवाट रोगीलाई अवचेतन मनमा प्रवेश गराई रोगको वारेमा ऋबकभ जष्कतयचथ लिने गर्छन् । किनकी कतिपय रोगको बारेमा चेतन मनलाई ज्ञात पनि हुँदैन । अज्ञात रुपमा अवचेतन मनमा छिरेका रोगहरु समेत रोगीले आफ्नो सम्मोहित अवस्थामा वताउन थाल्दछ । अनि मात्र मनोचिकित्सक तथा योगीहरु रोगको प्रमुख कारणमा पुग्छन् । र त्यही जगबाट आफ्नो इलाज शुरु गर्छन् । यही उनीहरुलाई इलाज गर्ने चिकित्सा पद्दतिको नाम हो ध्यान ।
ध्यानले हाम्रो चेतन मनलाई वर्तमान पलमा रहने कला सिकाउँछ । ध्यानले आफ्नो श्रोतको घरमा फर्काएर राख्न सिकाउँछ । ध्यानले समर्पण गर्न सिकाउँछ । जव मन हलचल हुँदैन तव ध्यानीले अवचेतन मनको यात्रा गर्न थाल्दछ । अवचेतन मनको क्षमता अपार हुन्छ । अवचेतन मनको शक्ती असीम हुन्छ । यही असीम शक्तीको प्रयोगले योगीहरु कुनै माध्यम, कुनै ईन्द्रियको सहायता विना एउटा मनवाट अर्को मनमा भाव वा विचार संचार वा सम्प्रेषण गर्न सक्छन् । त्भभिउबतजथ कै माध्यमवाट योगीहरु हजारौं माइल टाढा रहेको अर्को योगी सँग संवाद गरिरहेका हुन्छन् भन्ने जस्ता चमत्कारिक कुराहरु धेरै योगीहरुको आत्मकथामा पढ्न पाईन्छ ।
अवचेतन मनको प्रयोग गरी फलामको रडलाई आँखाले हेरेर बाङ्गो पारिदिने, चम्चालाई आँखाले हेरेर बँग्याइदिने जस्ता चमत्कार सुन्दा काल्पनिक जस्तो लाग्ला तर कुरा एकदम सत्य हो ।
कतिपय योगीहरुले आफ्नो अवचेतन मनको माध्यमवाट पूर्वजन्मको कुराहरु पनि जान्न सक्ने र पुनर्जन्मको बारेमा पनि वताउन सक्ने कुरा योगीहरुको थुप्रै आत्मकथाहरुमा उल्लेख गरेको पाईन्छ । भगवान बुद्घले् मनुष्य शरीरभित्र खरबौं कोष कोषिकाहरु छन् । ती कोष कोषिकाहरु मर्ने जन्मिने गरिरहन्छन् । जस्तै २४ घण्टाको अन्तरालमा करोडौं सेलहरु मर्छन्, दुई हप्ताको अन्तरालमा नयाँ त्वचा बनि सक्छन् यसरी शरीरका पूरै कोष कोषिकाहरु वाह्र महिनाको अन्तरालमा मरि सक्छन् । पूरै शरीरमा नयाँ कोषहरु आउँछन् । यस कारण हरेक वर्ष नयाँ शरीर बन्छ भन्ने कुरा बुद्घको यो शुक्ष्म ज्ञान आज भन्दा पच्चिस सय वर्ष अगाडि नै ध्यानवाट जागेको दिव्य दृष्टिमा आएको थियो । जुन कुराको ज्ञान पाउनको लागि वैज्ञानिकहरुले एक्काइसौं शताव्दीलाई कुर्नु प¥यो । वैज्ञानिकहरुले आज यस्तो ल्याव मेशिनको आविष्कार गरे जुन मेशिनले शरीरका अति सुक्ष्म कोषहरुलाई पनि देख्न सकिन्छ । त्यसै ल्याव मेशिनमा राखेर हेर्दा जुन एउटा तथ्य वाहिर आयो । त्यतिखेर बुद्घले उल्लेख गरेको कोषका कुराहरु वैज्ञानिक रुप मै प्रमाणित भयो । ध्यानले कल्पना शक्ति बढाउँछ । यो कल्पना शक्ति अवचेतन मनमा हुन्छ । आज यो धर्तिमा जति धेरै वैज्ञानिक आविष्कारहरु भएका छन् ती सवै कल्पना शक्तीले गर्दा नै सम्भव भएको हो । यसैले अल्वर्ट आइन्स्टाइनले भनेका छन् “क्ष्mबनष्लबतष्यल ष्क उयधभचाग ितजबल पलयधभिमनभू ध्यानले भाव शक्ती, ईच्छा शक्ती बढाउँछ । राम्रो भावना संम्प्रेषण गर्दा राम्रो नतिजा आउँछ । नराम्रो भावना सम्प्रेषण गर्दा नराम्रो नतिजा देखा पर्ने जस्ता मनोवैज्ञानिक प्रभाव पर्छ । बुढापाकाको एउटा मान्यता छ योगीको दिल दुखाउनु हुदैन, योगीले सराप दिए सराप लाग्छ । आशिष दिए आशिष लाग्छ ।
ध्यानले अनियन्त्रित ईच्छाहरुलाई जन्मिन दिंदैन अर्थात चित्तवाट जन्मिने ईच्छाहरु असीम हुन्छ । असीम ईच्छाहरुले मनुष्यलाई दुःखी बनाउँछ । ध्यानले चित्त वृत्तिको निरोध गरिदिन्छ । अनि सदिच्छा आउँछ त्यो अन्तरात्मा देखि नै आउँछ । त्यस ईच्छाले दुःख दिदैंन ।
आज हाम्रो अवचेतन मनको अपार शक्तीलाई जान्न मात्र पाउँदा पनि कति आनन्दको अनुभूति हुन्छ । अवचेतन मनको शक्तीलाई प्रयोगमा ल्याई सफल जीवन वनाउन सकेको खण्डमा कति धेरै शौभाग्यशाली हुने थियौं । आज हामीले महापुरुषहरुलाई संम्झेर नाम लिन्छौं अनि इश्वरीय आनन्दको अनुभूति गछौं । ती महापुृरुषहरु पनि ध्यानवाट महान बन्न पुगेका हुन् ।
ध्यानले चित्त शुद्घ गर्दै लैजान्छ । जव पूर्ण शुद्घको अवस्था आउँछ त्यस अवस्थालाई बुद्घ भनिन्छ । यो बुद्घको अवस्थामा विराट उर्जाले भरिपूर्ण हुन्छ । जुन उर्जा युगयुगसम्म अस्तित्वमा रही रहन्छ । यो उर्जाको सागरसम्म लैजाने काम ध्यानले गर्छ । यसकारण ध्यान हाम्रो विज्ञान हो । जसले जीवनमा क्रान्ति ल्याईदिन्छ । हामी यस्तो युगमा उभिएका छौं जहाँ चारैतिर तनाव, चिन्ता, निराशा हताश, दवाव, आदि इत्यादि संकटहरुको वीचमा छौं । जसलाई झेल्नको लागि मनको शक्ति चाहिन्छ । मनको शक्तिको लागि ध्यान चाहिन्छ ।
बुद्घकालिन समयमा एकजना जिज्ञासुले बुद्घलाई सोधेछ– “भन्ते, तपाई भगवानको पुत्र हुनु हुन्छ ?”
जवाफमा बुद्घले भने– “अहँ म भगवानको पुत्र होईन ।”
फेरि जिज्ञासुले सोध्यो– “भन्ते, त्यसो भए भगवानको दूत हुनुहुन्छ ?”
बुद्घले भने– “म दूत पनि होईन ।”
“त्यसो भए तपाई को हुनु हुन्छ त ?”
बुद्घले मुसुक्क हाँसेर जवाफ दिए– “म पनि तिमी जस्तै मान्छे हुँ । तर म जागेको छु । तिमी पनि बुद्घ हौ तर तिमी सुतेका छौ । फरक यति नै हो ।”
साँच्चि नै बुद्घले भने जस्तै हामी सुतेका बुद्घ हौं । हामी भित्रका बुद्घ आजसम्म सुतेकै छ । यसैले त हामी वेहोशी छौं । यसैले हामी मुर्छित छौं । यसैले हामी अज्ञानी छौं । यो वेहोशी अवस्थावाट मुक्त हुनको लागि हामी भित्रको सुृ–सुप्त शक्ती आन्दोलित हुनु पर्छ । आन्दोलनको तरंग दिनु पर्छ । त्यो तरंग ध्यानले दिन्छ । यदि हामीले आफ्नो जीउने कलामा ध्यान जोड्न सकेनौं भने हाम्रो मनको अवस्था कमजोर वन्दै जान्छ । मनको शक्ति कमजोर वन्दै गयो भने जीवनमा आई पर्ने सारा संकटहरुलाई झेल्न सक्दैन । यी संकटहरुलाई झेल्न सकेन भने हार स्वीकार्नु पर्ने हुन्छ । त्यतिखेर मनले हरेश खान्छ । मनले हरेश खाँदै गयो भने चरेश खान थाल्छ । चरेश खाँदा खाँदै एक दिन ऊ एडिक्सनको नरेश बन्छ । जीवनको यो वर्वादीवाट वच्नको लागि पनि ध्यान चाहिन्छ । शिक्षा, धन दौलत, मान, सम्मान पद, प्रतिष्ठाको वावजूद पनि यो संसार रोग, शोक, तनाववाट आक्रान्त छ । यही संसारमा सुखी भएर बाच्ने कला सिक्नु छ । यसको लागि पनि ध्यान चाहिन्छ ।
यसर्थ जीन्दगीको रसरङ्ग छंदै ध्यानको रङ्ग जोड्दा अर्थपूर्ण हुने छ । ध्यानको रङ्गले नै जीवनको परम आनन्दको रङ्गमा समाहित गरिदिन्छ । अनि जीवन आनन्दमय बन्छ । आखिर आनन्द नै जीन्दगी हो ।
मालिका गाउँपालिका ७ बिम, म्याग्दी





