बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सुन्तलाले पहेँलपुर बासँखर्क (फोटो फिचरसहित)

सुन्तलाले पहेँलपुर बासँखर्क (फोटो फिचरसहित)


  • रामकृष्ण बोहरा
  • माघ १२ २०८१, शनिबार

पर्वतको जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कमा शुक्रबार प्रथम सुन्तला महोत्सव सकिएको छ । देशकै स्वादिष्ट सुन्तला उत्पादन गर्ने जलजलाले संघ र प्रदेश सरकारका जनप्रतिनिधिलाई ढुवानी र सिंचाई सास्तीका कुरा सुनाउन सुन्तला महोत्सव नै गर्नुपर्यो । म्याग्दी बेनी नगरपालिका र जलजलाको मुकाम नजिकै रहेपनि बाँसखर्कका किसानले सडक र नहरको सहज पहुँच नहुँदा उत्पादन वृद्वि र बजारीकरणमा असहजको महशुश गरेका छन् । बाँसखर्कको १५ सयभन्दा बढी रोपनी क्षेत्रफलमा ५१ हजार १ सय ५१ सुन्तलाका बोट लगाएका छन् । २६ हजार ७ सय ६ सुन्तलाका बोटले आशातित उत्पादन दिन थालेपछि कृषक हौसिएका छन् । त्यहाँका २४ हजार ४ सय ४५ बोटले भर्खर पालुवा हालेका छन् । उत्पादन दिने र हुर्किदै गरेका बोटले फल दिन थालेपछि उत्पादन दोब्बर हुने किसानको अनुमान छ । गत वर्षभन्दा यसवर्ष उत्पादन राम्रो भएकाले झण्डै १८ करोड ४४ लाख ४७ हजार रुपैया किसानको हातमा पर्ने निश्चित छ । सुन्तला खेतीबाट जीविकोपार्जनमा आएको परिवर्तनपछि उनीहरु भन्छन्, ‘सुन्तला खेतीले गाउँमै स्वरोजगारको आशा जगायो, अब विदेश जानु नपर्ला ।’

बेनी बगर गौरेटे–बाँसखर्क र बेवी साम्मारे सडक व्यस्थित नुहनु, सुन्तला खेतीका लागि बरानी पहिरो नियन्त्रण नहुनु, सुन्तला खेतीमा मलखादको समस्या र दक्ष जनशक्तिको अभाव हुनु बासँखर्कमा व्यवसायिक सुन्तला खेतीका समस्या र चुनौती रहेको किसानको गुनासो छ । जगत बहादुर खत्री, शान्त बहादुर छिन्तेल र हेम कुमार अर्मेजा सुन्तला उत्पादन गर्ने त्यहाँका अगुवा कृषक हुन् । सुन्तलासंगै तेज बहादुर खत्री र नरबहादुर पाइजाले बिरुवा उत्पादन गरेर सुन्तला खेतीको विस्तारमा योगदान पुर्याउँदै आएका छन् ।
२०७८ को जनगणना अनुसार बाँसखर्कका २ सय ३९ घरधुरीले व्यवसायिक सुन्तला खेती गर्दै आएका छन् । त्यहाँका कृषकले सुन्तला उत्पादन गरेर वार्षिक ५ देखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्् । पोखरा, मुग्लिन, नारायणगढ र काठमाडौंमा बाँसखर्कका सुन्तला निर्यात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->