आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८१, आइतबार

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा अाज भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ सेट पराजित गरेको हो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अब केही बेरमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल सुरु हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->