सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अनि टिकीमायाले आँखा देखिन्…

अनि टिकीमायाले आँखा देखिन्…


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८१, मंगलबार
?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

बागलुङ/बुढ्यौलीले च्यापेकाले होला आँखा धमिलो हुँदै थियो । गाउँघरमा ४० कटेपछि आँखा, कानले कम काम गर्छन् भन्ने उनले सुन्थीन् । चालिसको वरपर त खासै समस्या आएनन् । तर उमेर ७० को छेको काटेपछि आँखा कमजोर भए । उनले गाउँघरमा सुनेको चालिसेले बल्ल छोयो भन्ने सोचिन् ।
पहिले टाढाको नदेख्ने आँखाले बिस्तारै नजिककै देख्छ छोडे । उमेरले ८० पुगेकी टिकीमाया घर्तीको शरीरमा उर्जा भने घटेको थिएन् । तर दुवै आँखाको समस्याका कारण न त उनले घरको काम गर्न सहजै सक्थिन् । न उनलाई घरभित्र र बाहिर गर्न नै सहज थियो ।
ठुला शहरका महंगा अस्पतालमा उपचार हुन्छ भन्ने त सुनेकी थिईन् उनले । तर शहर पुग्न निकै कठिन । गाउँकै स्वास्थ्य संस्थामा एक दुईपटक आँखा देखाईन् । खास समस्या पहिचान भने भएन । बुढ्यौलीलाई दोष दिएर दिन काटेको चारपाँच वर्ष भैसकेको थियो । उनका दिन जनतन चल्दै थिए ।
आइतबार पछि भने टिकीमायाका आँखामा ज्योती फर्केका छन् । केही दिनअघि ताराखोला गाउँपालिकाको आयोजना र धौलागिरी आँखा अस्पताल र हिमालयन आँखा अस्पतालको प्राबिधिक सहयोगमा गाउँमा आँखाका बिरामी खोज्ने मान्छे आए । आँखाका समस्या भएकालाई तोकिएको केन्द्रमा जाँचका लागि बोलाईयो । ताराखोला गाउँपालिका २ अर्गल गाउँकी टिकीमायालाई पनि परिवारले त्यहाँ पुर्यायो । खोजपड्ताल शिविरमा थाहा लाग्यो कि उनको आँखामा मोतिया बिन्दुको समस्या छ । चिकित्सकले शल्यक्रियाका लागि सुझाव दिए । उनको जस्तै ताराखोला गाउँपालिकाका पाँचवटै वडामा खोजपड्ताल गर्दा ४५ जनाभन्दा धेरै मोतिया बिन्दुका बिरामी फेला परे ।
टिकीकुमारी जस्तै कयौं बिरामी पहिचान भएपछि उनलाई अस्पताल जानु परेन । गाउँपालिकाले मोतियाबिन्दुको शल्यक्रिया गाउँमै गर्नेभयो । प्राबिधिक सहयोग गर्ने दाताहरु नेत्र ज्योती संघ, धौलागिरी आँखा अस्पताल, हिमालयन आँखा अस्पताल गाउँमा शल्यक्रिया शिविरका लागि तयार भएपछि टिकीमायाका आँखा खुले र उनी जस्तै ४५ जनाका आँखा खोल्ने तयारी छ ।
‘हामीले आइतबार मात्रै ३० जनाको शल्यक्रिया गरेका छौं’ हिमालयन आँखा अस्पतालका चिकित्सक अनिल पराजुलीले भने, ‘अझै धेरै बुबाआमाले आँखा देख्ने बनाउनु छ ।’ आइतबारदेखि अर्गलमा शुरु भएको शल्यक्रिया शिविरमा ४५ जनाभन्दा धेरैले शल्यक्रिया सेवा लिएका छन् । मोतियाबिन्दुको मात्रै शल्यक्रिया भएकाले केही बिरामीको आँखामा अन्य समस्या भएकाले अस्पताल पठाईएको उनले बताए ।
शिविर सञ्चालन गरेर गाउँपालिकाले दुरदराजका न्युन आय भएकाहरुका लागि सहयोग गरेको सहभागिले बताए । तीन दिन चल्ने शिविरमा पराजुली नेतृत्वको १२ जना चिकित्सकको समुहले सेवा दिने छ । बिरामीका लागि आउने, जाने, बस्ने र खानाको व्यवस्था गाउँपालिकाले गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->