बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आईएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल

आईएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल

लागत ३० करोड रुपैयाँ, दुई सुइट र एक विशेष पेन्ट हाउससहित ३० कोठा  ।


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

बागलुङ/आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फोर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमै सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवासुविधा उपलब्ध हुने होटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बागलुङमा सञ्चालनमा ल्याएको यस होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वास व्यक्त गरे ।

मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा बिदेसिन बाध्य लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातै प्रदेशमा होटल तथा केबलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए । ‘पर्यटन र जलविद्युत् क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्‍याउने भएकाले हामीले यी क्षेत्रमा लगानी केन्द्रित गरेका हौं,’ उनले भने ।

होटलले पर्यटक तथा अन्य पाहुनाका लागि स्तरीय सेवा–सुविधा उपलब्ध गराउने ढकालले जनाए । यसबाट कालीगण्डकी कोरिडोरमार्फत भारतको सुनौली तथा चीनसँगको कोरला नाका हुँदै नेपाल भ्रमण गर्ने भारत तथा चीनका पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भई बागलुङ तथा समग्र काली गण्डकी क्षेत्रको पर्यटकीय, आर्थिक तथा सांस्कृतिक विकासमा थप योगदान पुग्ने पनि उनले बताए ।

करिब ३० करोड रुपैयाँको लगानीमा निर्मित यस होटलले बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको जनाइएको छ । लगभग चार रोपनी जग्गामा फैलिएको इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइट र एक विशेष पेन्ट हाउससहित ३० कोठा छन् ।

पोखरा विमानस्थलबाट डेढ घण्टाको दूरीमा रहेको, पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकाले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूका लागि होटल सुविधाजनक पहुँचमा रहेको ढकालले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->