बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बडिगाडमा एचपिभी खोप अभियान सुरु

बडिगाडमा एचपिभी खोप अभियान सुरु


  • कमल पौडेल
  • माघ २७ २०८१, आइतबार

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकामा एचपिभी खोप अभियान सुरु भएको छ । पाठेघरको मुखको क्यान्सर रोक्नका लागि देशैभर चलिरहेको अभियानअन्तर्गत बडिगाडमा पनि खोप अभियान सुरु भएको हो ।
बडिगाडमा आइतबारदेखि सुरु भएको अभियान फागुन ३ गतेसम्म चल्ने गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । बडिगाडमा ३७ खोप केन्द्रबाट १ हजार ६ सय १० जना किशोरीहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीका अनुसार, बडिगाडमा ७४ जना स्वयंसेवक तथा ३७ खोप कार्यकर्तामार्फत खोप दिन लागिएको हो । आइतबार पहिलो दिन १० वटै वडामा ११ खोप केन्द्रबाट खोप सुरु गरिएको हो ।
खोप अभियानको शुभारम्भ तथा सन्देश प्रवाह कार्यक्रममा गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले ढुक्क भएर खोप अभियानमा जोडिन सबैमा आह्वान गरिन् । दैनिक ४ जना महिलाहरु पाठेघरको क्यान्सरका कारण मृत्युवरण गर्नुपरेको भन्दै त्यसबाट जोगिन खोप अभियानमा सरिक किशोरीहरुलाई थापाको आग्रह थियो ।
त्रिभुवन मावि खर्वाङमा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति पौडेल, गल्कोट नगरपालिका वडा नं. ११ का अध्यक्ष डम्बर श्रीस, जिल्ला समन्वय समिति बागलुङका पूर्व उपप्रमुख विष्णु प्रसाद भुसाल, वडा नं. २ का कार्यवाहक अध्यक्ष विष्णु अर्याल लगाएत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
गाउँपालिका खोप समन्वय समितिको आयोजना तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको व्यवस्थापनमा भएको कार्यक्रमको सञ्चालन हेल्थ असिस्टेन्ट पप्पु कुमार शाहले गरेका थिए । अभियानको पहिलो दिन ८ सय ६५ जनालाई खोप लगाउने योजना रहेको जनस्वास्थ्य निरिक्षक हेम पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->