शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ज्येष्ठ नागरिकको सीप विद्यार्थीलाई 

ज्येष्ठ नागरिकको सीप विद्यार्थीलाई 


  • ढोरपाटन संवाददाता
  • माघ ३० २०८१, बुधबार
स्याङजा/  प्रायः विद्यार्थी विद्यालय पढाइ लेखाइको लागि जाने गर्छन । कक्षामा पढ्छन, शिक्षकले दिएको होमवर्क घर गएर गर्छन । शैक्षिक गतिविधिमा ब्यस्त रहने यहाँको गोगनपानी आधारभूत विद्यालयका विद्यार्थी भने चकटी, कूचो, मुढा बनाउन सिकेका छन् ।
विद्यालयका विद्यार्थीलाई मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले जेष्ठ नागरिकले विद्यार्थीलाई चकटी,  कूचो र मुढा बनाउन सिकाउने गर्छन । विद्यार्थी उत्साहित हुँदै परम्परागत सीपहरु सिक्छन । आफ्नो सीप सिकाउन पाउँदा बुढापाका पनि दंग पर्छन । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिका वडा नं. ५ को उक्त विद्यालयमा स्थानीय ज्येष्ठ नागरिकले १० वर्षसम्मका ४५ जना विद्यार्थी र १० जना गाउँका युवालाई सीप हस्तान्तरण गरेका हुन् । सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले वातावरण संरक्षण र प्लाष्टिकले गर्ने प्रदूषण नियन्त्रणमा सहयोग होस् भन्ने उद्धेश्यले चाउचाउको खोल र विस्कुटको खोल तथा प्लाष्टिकबाट चकटी बनाउन  सिकाइएको बताए । कार्यालयको तर्फबाट बालबालिका विभिन्न विधाका ४२  वटा बालसाहित्यिक पुस्तक समेत वितरण गरेको थियो ।
ज्येष्ठ नागरिकहरुसँग विभिन्न ज्ञान, सीप र अनुभव भएको हुदाँ त्यसलाई अन्तरपुष्ता हस्तान्तरण गर्न तालिम दिएको पौडेलले बताए । उनले मौलिक संस्कृति, सिप, इतिहासबारे पछिल्लो पुस्ताले अनुसरण गर्दै सिकेको सिपलाई जीवनउपयोगी बनाउनु पर्नेमा जोड दिए । आँधिखोला–५ का वडा अध्यक्ष कृष्ण पनेरुले यस किसिमको कार्यक्रमले जेष्ठ नागरिकको सम्मानको साथै बालबलिकाहरुलाई सदाचारिता र अनुशासित भई हरेक क्षेत्रमा सक्षम भई व्यवहारीक शिक्षा हासिल गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->