बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जापानको भान्सामा म्याग्दीको टिमुर

जापानको भान्सामा म्याग्दीको टिमुर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार

म्याग्दी/जिल्लामा उत्पादित टिमुर जापानमा म्याग्देलीले सञ्चालन गरेका होटल,रेष्टुरेन्ट तथा मार्टमा पाइन्छ । औषधीय गुणयुक्त मसला र गेडा टिमुर नेपाली रेष्टुरेन्ट सहित नेपालीहरुको भान्सामा पाक्ने परिकारका लागि माग बढेपछि पछिल्ला केही बर्ष यता म्याग्दीबाटै निर्यात हुन थालेको छ ।
जापानमा जाने आफन्तले कोशेलीको रुपमा मात्रै नभई ब्यवसायीक रुपमा समेत बिक्री गर्ने गरिएको टोकियो सिन्जुकुस्थित सिन ओकुबामा रहेको कानितपुर मार्टका सञ्चालक बिबेक खड्काले भने । । ‘टिमुरको माग धेरै छ, हामीले हरेक दिन बिक्री गछौं, नेपालीसँगै बिदेशीको समेत रोजाईम परेको छ’ खड्काले भने ।
म्याग्दीबाट जापानमा गएका र विभिन्न जिल्लाबाट शिक्षा, ब्यापारका लागि पुगेकाहरुले म्याग्दीमा पाइने टिमुरको माग गर्ने गरेका छन् । मोना जापानका सल्लाहकार एवम् होटल ब्यवसायी राम खड्काले नेपाली टिमुर अहिले जापानीको समेत रोजाइमा परेको बताए ।
नेपालबाट जाने टिमुर जापानमा पुग्दा तेब्बर पर्ने गरेको छ । जापानमा पाकिङ सहित प्रष्ट खुल्ने विवरण उल्लेख गरिएपछि मात्रै ढुवानी गर्ने पाइन्छ । टोकियोस्थित सिन ओकुबो मा सञ्चालन गरेको नाङ्घलो घर रेष्टुरेन्टका सञ्चालक सचिन श्रेष्ठले नेपाली परिकारमा टिमुरको खोजी गर्ने ग्राहकको सख्या बढेपछि नेपालबाट मगाउने गरेको बताए । ‘हामीले म्याग्दीकै खोज्छौ, यहाँसम्म आएपछि हाम्रो जिल्लाको भनेर समेत ग्राहकलाई बताउँछौ’ श्रेष्ठले भने । म्याग्दीको टिमुरलाई बजारको अभाव नभएकाले खेती विस्तार गर्न समेत मोना जापानका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले अनुरोध गरे ।
गतबर्ष मोना जापानले आयोजना गरेको मोना फेटिबलमा समेत टिमुर सहित म्याग्दीका अर्गानिक सामानको प्रचारप्रसार गरिएको थियो । बेनी नगरपालिका–३ भकिम्ली राखुका प्रदिप घर्तीमगरले म्याग्दीमा उत्पादन भएको टिमुर खोजीखोजी लैजाने गरेको बताए ।
टिमुरलाई भान्साका विभिन्न परिकारमा मसलाको रुपमा प्रयोग गरिन्छ । मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिमुरको प्रयोगबाट न्यानोपन बढ्नाका साथै मासु, तरकारी, दाल र अचारमा मसलाको रुपमा तथा जडीबुटीको रुपमा प्रयोग गरिन्छ ।
टिमुर बिज्ञ चन्द्रमणि सापकोटाले खाद्यान्न बाली उत्पादन नहुने खोल्सा र भिरालो जमिनमा गरिएको टिमुर खेती म्याग्दीका किसानका लागि आम्दानीको माध्यम बन्दै गएको छ । आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर विश्वबजारमा समेत पुग्न थालेपछि अब थप खेती विस्तार गर्नुपर्ने सापकोटाको भनाई छ । असोज–कात्तिक महिना टिमुर टिप्ने उपयुक्त समय भए पनि यस वर्ष फलेको फल बोटमै पकाएर टिप्ने गरिन्छ । जिल्लामा वार्षिक करिब ८ मेट्रिक टनको हाराहारीमा टिमुर उत्पादन हुन्छ । म्याग्दीमा सबैभन्दा धेरै टिमुर खेती बेनी नगरपालिका वडा नं. १० तोरीपानीमा हुने गरेको छ । टिमुर कृषक आनन्द रिजालका अनुसार गत वर्ष यहाँ पचास मुरीभन्दा बढी टिमुर उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->