पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २५ ले बालबालिका लक्षित बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर मावि हेमजाको प्रांगणमा हुनेभएको छ ।
विद्यार्थीलाई लक्षित गर्दै बाल नृत्य आयोजना गर्न लागेको पोखरामहानगरपालिका २५ का वडा अध्यक्ष मोति लाल तिम्सिनाले जानकारी दिए ।प्रतियोगितामा हेमजामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले सहभागिता जनाउने व्यवस्था रहेको छ । प्रतियोगितामा मावि तर्फ ३ जनामा १ जना छात्रा अनिवार्य र आधारभूत विद्यालय तर्फ एक जना छात्र÷छात्रा सहभागि जनाउन पाउने अध्यक्ष तिम्सिनाले जानकारी दिए ।प्रतियोगितामा प्रथम हुनलाई १० हजार, द्धितीय हुने ७ हजार तथा तृतीय हुने ५ हजार र ट्रफी प्रदान गरिनेछ ।
‘हरेक बालबालिका संग कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ, तिनै प्रतीभा उजागर गर्न वडा कार्यलयले यो कार्यक्रमको आयोजना गरेको हो’ उनले भने, ‘विद्यार्थीहरुको हौसला प्रदान गर्न र प्रतीभा उजागर गर्र्दै कार्यक्रमलाई भव्य बनाउनका लागि हेमजावासीहरुको सहभागिताका लागि अनुरोध गर्दछु ।’
उनका अनुसार वडा कार्यलयको नीति तथा कार्यक्रम अन्तर्गत नै बाल नृत्य प्रतियोगिता आयोजना गरिएको हो । हेमजा सामुदायिक संस्थागत तथा बौद्ध गुम्बाले सञ्चालन गरेका विद्यालय सहित गरी १४ विद्यालय रहेको वडा सचिव चोलाकान्त पौडेलले जानकारी दिए ।





