पोखरा /पोखरा–३१ स्थित आनन्दज्योति मावि बेगनासको भू.पू. विद्यार्थी मञ्चको पाचौं बार्षिक साधारणसभा एवं हाजिरीजवाफ प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
आनन्द ज्योति माविभित्र रहेका सदनहरु बिच माविस्तरीय अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा सुदर्शन रानाभाट, मनिस रानाभाट, मनिस सुनार र विद्या दाहालको रातो समूह प्रथम भएको छ भने सुदिप थापा, पवन कँडेल, सन्ध्या तिवारी र बिपना सापकोटाको हरियो समूहले द्वितीय स्थान प्राप्त गरेको छ । यसैगरी कन्चन सुनार, अनुराधा अधिकारी, अमृत कँडेल र साजन तिवारीको निलो समूहले तृतीय स्थान हासिल गर्दा एलिना सापकोटा, सङ्गम परियार, सन्ध्या थापा र मिसन सुनारको पहेलो समुहले सान्त्वना स्थानमा चित्त बुझाएको छ । प्रथम, दित्तिय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीलाई मञ्चको तर्फबाट नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियोे ।
यस्तै, कार्यक्रममा श्री आनन्द ज्योति माविबाट गत वर्षको एसईई परिक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने संकल्प पौडेल र एसएलसी परिक्षामा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने अनिष तिवारीलाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । सो अवसरमा मञ्चले संचालन गर्ने गरि अक्षयकोष स्थापनाको लागि पूर्व सल्लाहकार एवं मञ्चका आजीवन सदस्य पदमराज पौडेलको तर्फबाट ३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण भएको छ । पाँचौ वार्षिक साधारणसभा एवं हाजिरीजावाफ प्रतियोगिता कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी पोखरा महानगरपालिका–३१ का वडासदस्य देबेन्द्रराज अधिकारीले भू.पू. विद्यार्थीको संस्थाले स्कुललाई केन्द्रमा राखेर आयोजना गरेको यस्तो कार्यक्रमले शैक्षिक सुधारका लागि भुमिका खेल्ने बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै उनले वडा कार्यलय मञ्चसंग सहकार्य गरेर काम गर्न तयार हुने प्रतिबद्धता ब्यक्त गरे ।
मञ्चका संस्थापक अध्यक्ष नबराज अधिकारीले संस्था जन्मनु मात्रै ठूलो कुरा नरहेको भन्दै यसलाई चलायमान बनाईराख्नु मुख्य चुनौती हुने बताए । नयाँ टिमले जिम्मेवारी लिए पनि आफू संस्थापक अध्यक्षको नाताले सधै साथमा हुने उनको प्रतिबद्धता छ ।मञ्चका पुर्व सल्लाहकार एवं अक्षयकोष दाता पदमराज पौडेलले मञ्चको उदेश्य आफुले अध्ययन गरेको विद्यालयको शैक्षिक सुधारका लागि पहल गर्न सकियोस भन्ने मात्रै रहेको बताउदै नयाँ पुस्ताले पनि त्यहीँ अनुसार मेहनत गरिदिन आग्रह गरे । आफ्ना पालामा निकै अभाव र श्रोत साधनको कमीका बिचमा अध्ययन पूरा गरेको स्मरण गर्दै पौडेलले अहिले विद्यालयको भौतिक स्वरुपमा आएको सुधार जस्तै शैक्षिक गुणस्तरमा पनि सुधार आउने अपेक्षा राखे । आफ्नो तर्फबाट पनि शैक्षिक गुणस्तरमा टेवा पुराउन सकिन्छ कि भनेर मञ्चसंगको सहकार्यमा अक्षयकोषको स्थापना गरेको उनको भनाई थियो ।
विद्यालयका प्रधानाध्यापक शिबराज अधिकारीले मञ्चले विद्यालयलाई केन्द्रित गरेर समय समयमा विभिन्न कार्यक्रम एवं सहयोग गर्दै आएको बताउदै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गरे । मञ्चका अध्यक्ष बिकासप्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका सदस्य सन्तोष अधिकारी, विद्यालयका १० जोड ं२ कार्यक्रम संयोजक शिक्षक सत्यराज कँडेल, विद्यार्थी मनिस रानाभाट लगायतले बोलेका थिए । मञ्चका उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत गरेको कर्यक्रमको संचालन सचीव कृष्णराज आचार्यले गरेका थिए भने साधारणसभाबाट अध्यक्ष बिकासप्रसाद कँडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेको प्रतिबेदन सर्वसम्मत पारित भएका छन् ।





