बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम

नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८१, सोमबार

पोखरा/ पोखरा महानगरपालिका–९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ । तालिममा पोखरा–६ का ४० जना विद्यार्थी सहभागी छन् ।
एक महिनासम्म सञ्चालन हुने तालिममा नीति एकेडेमीका डम्मर खडायत प्रमुख प्रशिक्षक र माधव पोखरेल सहायक प्रशिक्षकको रुपमा रहनेछन् ।

एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।

विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिम पश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गरे । प्रशिक्षार्थीप्रति लक्षित गदैै वडाध्यक्ष भट्टराईले भने, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, सबै दिनको तालिममा सहभागी भएर डिजिटल मार्केटिङ र एआईमा दक्ष बन्नुहोला, भविष्यका दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि तयार छौँ ।’

पोखरा– ९ का वडाध्यक्ष मर्सानीले नीति एकेडेमीले निकै समयसान्दर्भिक तालिम आयोजना गरेको भन्दै आफूले पनि यस विषयमा ध्यान दिने बताए । वडाध्यक्ष मर्सानीले युवालाई समयसापेक्ष डिजिटल तालिम दिएकामा पोखरा–६ लाई धन्यवाद दिए । उनले भने, ‘धेरै नेताले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर भाषण गरे पनि वास्तविक नेता वडाध्यक्ष विष्णुबहादुर भट्टराई र वडा सदस्य शोभा जलारी हुनुहुन्छ, उहाँहरुले भाषण होइन राम्रो काम गरेर देखाउनुभयो ।’

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले युवा लक्षित कार्यक्रमले धेरै नै महत्व राख्ने बताए । उनले तालिम लिएका विद्यार्थी स्वरोजगार बन्ने दावीसमेत गरे । उनले भने, ‘वडामा अचार बनाउने तालिम जारी छ, कौशीखेती लगायत धेरै तालिम गरिरहेका छौँ, अब यस किसिमको समयसापेक्ष कार्यक्रम गर्ने सोच पनि बनाउनेछौँ ।’ पोखरा–६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको बताइन् । उनले भनिन्, ‘विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेका थियौँ, अहिले प्रविधिसँग सम्बन्धित तालिम आयोजना गर्दैछौँ, भविष्यमा पनि प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार छौँ ।’

एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले फड्को मारिसकेको अवस्थामा यसैसम्बन्धी शिक्षा अपरिहार्य रहेको बताए । अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप पराजुलीले स्वागत र हरि पन्तले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->