पोखरा / राष्ट्रिय लोकतान्त्रिक अपांग संघ गण्डकी प्रदेशको प्रथम अधिवेशनवाट महामन्त्री पदमा स्याङ्जाका युवराज पराजुली सर्वसम्मत निर्वाचित भएका छन्।
विगत १८ वर्षदेखि अपागता भएका व्याक्तिहरुको हक हितका लागि निरन्तर कृयाशिल पराजुलीले स्याङ्जा अपांग समाजको संस्थापक अध्यक्ष, राष्ट्रिय अपांग महासंघ साविक पश्चिमाञ्चल विकास क्षेत्रको संयोजक, युवा रेडक्रस सर्कलको संस्थापक सभापति, रेडक्रस उपशाखाको निवर्तमान उपसभापति लगायतका सामाजिक तथा व्यवसायिक संघसंस्था पदाधिकारी तथा सल्लाहकारको रुपमा सेवा गरेका छन्।
नेपाली कांग्रेसको १३ औं र १४ औ. महाधिवेशनको केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा कृयाशिल उनी हाल अपागता शसक्तिकरण तथा सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष, राष्ट्रिय शारीरिक अपाग महासंघ गण्डकी प्रदेशको उपाध्यक्ष, अपागता विज्ञको रुपमा रहेका छन् । उनी राष्ट्रिय लोकतान्त्रिक अपांग संघ स्याङ्जाको समेत संस्थापक अध्यक्ष हुन ।
गण्डकी प्रदेशका ११ जिल्ला अधिवेशन सम्पन्न गरि प्रदेश अधिवेशन गरिएको हो। अधिवेशनको उद्घाटन नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले आईतवार गरेका थिए ।






