गोरखा/ आफ्नै १५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जाजरकोट घर भई जिल्लाको धार्चे गाउँपालिकाको एक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक पक्राउ परेका हुन् । उनीमाथि किशोरीलाई गत पुस महिनादेखि पटकपटक बलात्कार गरेको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार पीडित बालिकाको आफन्तले दिएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको हो । आरोपितविरुद्ध सोमबार जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको सवेदीले बताए ।





