बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बाटो खन्ने क्रममा ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु

बाटो खन्ने क्रममा ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १५ २०८१, बिहिबार

गोरखा/ जलविद्युत आयोजनाको ड्याम जाने मोटरबाटो खन्ने क्रममा माथिबाट ढुंगा खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । गोरखा प्रहरीका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घुमाउने बस्ने ४५ वर्षीय रामबहादुर आले मगरको मृत्यु भएको हो ।

गोरखा प्रहरीका डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बुधवार गोरखाको अजिरकोट गाउँपालिका–१ १ चिस्याङमा कालिका हाईड्रोपावरको ड्याम जाने मोटर बाटो (नयाँ ट्रयाक) खन्ने क्रममा उक्त दुर्घटना भएको हो । बाग्मती प्रदेश ०६–००१ क ०१३१ नं. को कालिका हाईड्रोपावरको स्काभेटरमाथि माथिबाट ठुलो ढुङ्गा खसेको थियो । सोही ढुंगाले च्यापेर आलेमगरको मृत्यु भएको र स्काभेटरमा समेत क्षती भएको उनले बताए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->