मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३
  • २० असोज २०८३ , मंगलबार
  • October 6 2026

विद्यार्थीलाई ‘भाग्य बोक्ने’ झोला

विद्यार्थीलाई ‘भाग्य बोक्ने’ झोला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

पोखरा/सामाजिक क्षेत्रमा क्रियाशिल पहिलो पाइला नेपाल पोखराले स्याङ्जामा शिक्षा अभियानअन्तर्गत ‘भाग्य बोक्ने’ झोला तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
यहाँको आँधीखोला गाउँपालिका – २ चिलाउनेबास आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई झोलासहित विभिन्न शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई झोलामा एक दर्जन कापी, एक प्याकेट पेन्सिल, पेन्सिल कलर, खाजा राख्ने बट्टा, पानीको बोत्तल, ज्यामितिका सामानसहितको बाकस,नङ काट्ने मेसिन, साबुन, दाँत माँझ्ने बुरुस, मञ्जन, रुमाललगायतका सामाग्री राखिएको थियो ।
परिवर्तनको प्रसव पीडामा परेर छट्पटाइरहेका विद्यार्थीहरुलाई केही हदसम्म सहज होस् भनी शिक्षा अभियानअन्तर्गत भाग्य बोक्ने झोला तथा शैक्षिक सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष केनुका थापाले बताइन् ।
कपि र कलम लिएर भावी भविष्य कोर्न लागेका कलिला हातहरुमा थोरै सहयोग, धेरै माया र ठूलो आशाले सानो प्रयासका साथ शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी लागेको अध्यक्ष थापाको भनाइ थियो ।
सहयोगी हातहरुका कारण यस अभियानलाई निरन्तरता दिन सहज भएको बताउँदै केन्द्रीय समिति सदस्य तथा स्याङ्जा शाखाका संस्थापक अध्यक्ष स्मृति काफ्लेले यस अभियानमार्फत् विद्यार्थीहरु पनि पढाइमा थप जागरुक हुने विश्वास व्यक्त गरिन् ।
गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले किशोर अवस्था पार गर्दै गरेका टिमका सदस्यहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिनु सकारात्मक कार्य भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->