म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमाको दानपेटिकाबाट रकम चोरी भएको छ। । जिल्लाको प्रशासनीक निकाय अगाडी रहेको १ सय बर्ष पूरानो चौतारीमा निर्मित मन्दिरबाट मंगलबार राती दानपेटिका फुटाएर १२–१५ हजार नगद सहित केही थान पित्तल र पुजाको साम्रागी चोरी गरेको बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
‘भक्तजनले मन्दिरका लागि दान गरेको रकम दानपेटिका नै फुटाएर चोरी गरिएको छ, सिसीटिभीबाट खोजीकार्य भइरहेको छ, अन्य मन्दिरमा पनि यस्तै हुनसक्छ सतर्कता अपनाउनुपर्ने देखियो’ अध्यक्ष श्रेष्ठले भने। । चोरी घटनामा संलग्नको हुलिया पहिचान गरी प्रहरीले खोजीकार्य गरिरहेको छ । चोरीमा संलग्नको पहिचान एवं पक्राउ गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनीबजार क्षेत्रमा बालक र किशोरहरुको समुह चोरीका विभिन्न घटनामा संलग्नता हुने गरिएको छ ।





