शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मिर्मी बहुमुखीमा अनेरास्ववियूको प्यानल निर्विरोध

मिर्मी बहुमुखीमा अनेरास्ववियूको प्यानल निर्विरोध


  • अर्जुन काफ्ले
  • फाल्गुन २९ २०८१, बिहिबार

स्याङ्जा/कालीगण्डकी गाउँपालिका ७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियूको प्यानल निर्विरोध भएको छ । स्ववियु निर्वाचनमा मुना न्यौपाने सभापतिसहित सबै प्यानल अनेरास्ववियूको प्यानल निर्विरोध भएको हो ।
नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी)ले कुनै पनि पदमा उम्मेदवारी दर्ता नगरेसँगै न्यौपाने निर्विरोध निर्वाचित भएकी हुन् । न्यौपाने दोस्रो पटक सभापतिमा निर्विरोध बनिन् ।
समितिको सचिवमा कशिस बस्याल, कोषाध्यक्षमा किशोर बस्याल निर्वाचित हुँदा सदस्यहरुमा दिपीका पाण्डे, गुनकेशरी न्यौपाने, शिवानी थापा निर्वाचित भए ।
यस्तै समानुपातिकतर्फ रुपा भट्टराई, कविता भट्राई, रुकमाया सुनार, अभिषेक पाण्डे, सरु न्यौपाने निर्वाचित हुँदा उपाध्यक्ष र सह–सचिव समानुपातिकबाट बनाइने नवनिर्वाचित सभापति न्यौपानेले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->