आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही सम्मानित 

नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही सम्मानित 


  • ढोरपाटन संवाददाता
  • चैत्र १ २०८१, शुक्रबार

पोखरा/ होली उत्सवको अवसरमा नेपाली महिला भलिवल टिमका कप्तान अरुणा शाही विहीबार पोखरामा सम्मानित भएकी छन् । मदन भण्डारी स्पोट्स एकेडेमीले आयोजना गरेको होली उत्सवमा कप्तान शाहीलाई नगद ११ हजार सहित सम्मान गरिएको एकेडेमीका उपाध्यक्ष एवं राखेपका पूर्व सदस्य राजेशकुमार गुरूङले बताए ।

एकेडेमीले आफुलाई सम्मान गरेकोमा धन्यवाद दिदै कप्तान शाहीले नेपालको राष्ट्रिय खेल भलिवलको बृद्धि विकासमा यस्ता सम्मानले आफुसहित अन्य खेलाडीहरुलाई प्रोत्साहन मिल्ने बताइन् । एकेडेमीले खेलकुदकर्मी बिच विहिबार हर्स र उल्लासका साथ होली पर्व मनाएको थियो । कार्यक्रममा खेलाडीहरुले डेमो प्रर्दशन विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । खेलकुदकर्मीहरु बिच एकापसमा शुभकामना आदान प्रदान गरी रंग लगाउदै होली पर्व मनाइएको थियो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->