शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्वरेक मैदान जोड्ने सडक धमाधम कालोपत्रे

स्वरेक मैदान जोड्ने सडक धमाधम कालोपत्रे


  • अर्जुन काफ्ले
  • चैत्र ५ २०८१, मंगलबार

स्याङ्जा/यहाँको प्रसिद्ध पर्यटकीय क्षेत्र स्वरेक मैदान जाने पर्यटन सडक स्तरोन्नति प्राथमिकतामा परेको छ । भीरकोट नगरपालिकाको केन्द्र बयरघारी बजारदेखि नौ किमी दूरीमा रहेको स्वरेक मैदान प्याराग्लाइडिङका लागि प्रसिद्ध रहेको छ ।
यो सडकसुन्दर बजार देखि तल्ले नेटा सम्म १.५ किमी यसअघि कालोपत्रे भएको थियो । पालिकाले तल्लो नेटा देखि आग्रीडाँडा (माथिल्लो नेटा) सम्मको आठ सय मिटर सडक यो आर्थिक वर्षमा कालोपत्रे भएको हो ।
यो खण्ड रोजिना कन्स्ट्रक्सन, वालिङले भ्याट र पिएस सहित ६४ लाख ६७ हजार ८ सय २४ रुपियाँ ७४ पैसामा भीरकोट नगरपालिकासँग ठेक्का सम्झौता गरेर कालोपत्रे गरेको हो ।
कम्पनीले सम्झौता अवधिभन्दा तीन महिना अगावै काम सकेको नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर सरोज पराजुलीले जानकारी दिए ।
बयरघारीदेखि सुन्दरबजार सम्मको करिब दुई किमी सडक कालोपत्रे हुने चरणमा रहेको छ । एकीकृत शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत संघीय सरकारको लगानीमाा यो सडक स्तरन्नोतितथाा कालोपत्रे हुन लागेको हो ।
आर्थिक वर्ष २०८२÷८३ को फागुन महिनाभित्र काम सक्ने गरी ग्राण्ड एस के एण्ड शिव जेभीले आठ करोड २४ लाख ५५ हजार ५५६ रुपियाँमा ठेक्का सम्झौता भएको यो योजनामा सडक कालोपत्रे, भीरकोट पार्क नजिकै ताल सहित अन्य पूर्वाधार समेत निर्माण हुने आयोजनाले जनाएको छ ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले स्वरेक मैदानबाटै गडहरेगुफा र ओखतीपानी होमस्टे जान सहज हुने हुनाले नगरपालिकाले बयरघारी स्वरेक मैदान पर्यटन सडकलाई उच्च प्राथमिकतामा राखेको बताए ।
स्वरेक मैदान र स्वरेक मैदान जाने पर्यटन सडकलाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ छ ।
करिब ५० प्रतिशत सडक कालोपत्रे हुने निश्चित भैसकेको भने संघ र प्रदेश सरकारसँग समन्वय गरेर आगामी दुई वर्षभित्र गन्तव्य स्थलसम्मै सडक कालोपत्रे गर्ने रहेको कर्माचार्यले जानकारी दिए । वडा नं ५ का स्थानीय दयानिधि अर्यालले पर्यटन मार्गको स्तरोन्नतिले स्थानीय बासिन्दालाई समेत राहत पुगेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->