बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी

गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

 

गोरखा/ गोरखा नगरपालिका–९ स्थित द्रव्य शाह बहुमुखी क्याम्पसको सभापति पदमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका छन् । सत्तारुढ दल निकटको नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले २१६ मत ल्याएर विजयी बनेका हुन्

उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका सचिन खनालले २ सय २ मत ल्याएका छन् । द्रव्य शाह बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । सचिवमा नेविसंघका सुप्रिज बस्नेत विजयी बने । कोषाध्यक्षमा अनेरास्ववियुको असिम श्रेष्ठ, सदस्य पदमा नेविसंघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुकी विपना कोइराला विजयी बनेका छन् । सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु तथा समाजवादी मोर्चा निकटको अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन समाजवादी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संयुत्त प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->