मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी

गोरखा क्याम्पसमा क्रान्तिकारीको प्यानल विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

 

गोरखा सत्ता गठबन्धन निकटको विद्यार्थी संगठनका उम्मेदवारलाई पराजित गर्दै गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीका सुलभ अंगाई सभापतिमा निर्वाचित भएका छन् । समाजवादी मोर्चाको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका अखिल क्रान्तिकारीका अंगाई २०९ मतका साथ विजयी बनेका हुन् ।

उनका प्रतिद्वन्दवी नेविसंघका रचन परियारले १६१ मत ल्याए ।सचिवमा १९९ मतका साथ रुपेश विश्वकर्मा र कोषाध्यक्षमा २०६ मतका साथ अयुषा अर्याल निर्वाचित भइन्। सदस्यमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सविना थापा विजयी बनेका छन् ।

गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकटका विद्यार्थी संगठन र सत्तारुढ दल निकट (नेविसंघ र अनेरास्ववियु) ले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->