शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ र १ मा अनेरास्ववियु विजयी

स्याङ्जाका ४ क्याम्पसमा नेविसंघ र १ मा अनेरास्ववियु विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

पोखरा/ स्याङ्जामा मंगलबार स्ववियुको निर्वाचन भएका ५ वटा क्याम्पसमध्ये ४ वटामा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सबैभन्दा बढी मतदाता रहेको वालिङ बहुमुखी क्याम्पस र सदरमुकामस्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले सभापति जितेको छ ।

यसैगरी सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापतिमा जित हात पारेको छ । वालिङ बहुमुखीमा नेविसंघका निरज श्रेष्ठ सभापतिमा निर्वाचित भए । सचिवमा अनेरास्ववियुकी बिना रेग्मी बाहेक सबै पदमा नेविसंघ विजयी भएको छ । त्रिभुवन आदर्शमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । यस्तै, फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा प्रतीक्षा गोदारको प्यानल बिजयी भएको छ । समानुपातिकमा भने नेविसंघ र अनेरास्ववियुका २–२ जना निर्वाचित भएका छन् ।

यस्तै, गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघका रविन भट्टराई सभापति चुनिएका छन् । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु गठन भएको हो ।

यसैबीच कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पस र गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । मिर्मी बहुमुखी क्याम्पसमा सहमतिको प्रयास भइरहँदा नेकपा एमालेले एकलौटी गर्ने प्रयास गरेको भन्दै क्याम्पसका १२ जना सञ्चालक समिति सदस्यले सामूहिक राजिनामा समेत दिएका छन् । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले छलफलको प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->