पाेखरा/ पोखरामा जारी चौथो शितलज्योति कपको उपाधि क्वाटरफाइनलबाटै बाहिरिएको टोली लालिगुराँस एसोसिएसनले (एलजी) जितेको छ । क्वाटरफाइनलमा नव आदर्श सामुदायिक विकास समाजसंग टाइब्रेकरमा हारेर बाहिरिएको टोलिले खेलमा प्रोटेस्ट हालेर सेमीफाइनल खेल्दै फाइनलमा प्रवेश गरी सहारा क्लब पोखरालाई हराउँदै उपाधि चुमेको हो ।
एलजीले फाइनलमा सहारा क्लबलाई ४–१ गोल अन्तरले हराएको हो । एलजीलाई जित दिलाउने क्रममा आशिष गुरुङले ह्याट्रिक गरे । उनी फाइनल खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले खेलको ३८ औं ,५०औं र ५६ औ मिनेटमा गोल गरे । पहिलो हाफको २८ औं मिनेटमा वर्षाका कारण केही समय खेल रोकिएपछि पुनःसंचालन आएको ७ औं मिनेटमा साहाराका सुमन श्रेष्ठले गोल गर्दे टीमलाई अग्रता दिलाए पनि टिकाउन नसक्दा फराकिलो गोल अन्तरको हार व्यहोरेको हो । तर, प्रतियोगिताको सेमीफाइनल खेलमा निकै विवाद भएको थियो । एलजी नव आदर्शसंग टाइब्रेकरमा ४–३ को हार व्यहोरेको थियो । क्वाटरफाइनलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएको थियो । खेल सकिएको सिठठ्ी बजेपछि रेफ्रीले नव आदर्शका खेलाडीलाई परिवर्तन गराएका थिए । फिफा नियम अनुसार सामान्यता निर्धारित समयको खेल सकिएपछि ३० मिनेट समय थप गरिने गर्दछ । सो अनुसार खेलाडी मैदान प्रवेश गर्न पाउछन् । तर, शितल ज्योती कममा भने ३० मिनेट थप नगराइ सोझै पेनाल्टि सुटआउट खेलाइएको थियो थियो । खेल जितेर ७ गते सेमिफाइनल खेल्न आउँदा नव आदर्शलाई आयोजकले पुनः खेल खेल्न भनेपछि टिमले नखेल्ने निर्णय गरेको थियो । त्यसपछि विवाद बढेपछि आयोजकले कास्की जिल्ला फुटबल संघलाई गुहार्दा नसकेपछि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पुगेको स्रोतले बताए ।
एन्फाले उक्त प्रतियोगिताको नियमावलीमा स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुसार खेल पुनः खेलाउन सकिन्छ भनेर जवाफ पठाएको थियो । सो जवाफअनुसार नव आदर्श खेल्न नमानेपछि आयोजकले आदर्श युवा क्लब र एलजी बीचमा सेमीफाइनल खेल खेलाइएको थियो । सेमीफाइनलमा एलजीले जित हासिल गर्दै फाइनल पुगेको थियो ।
७ गते एलजी एसोसिएसनले निकालेको विज्ञप्तिमा आफूहरुमाथि अन्याय भएको उल्लेख छ । एसोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङको हस्ताक्षर रहेको पत्रअनुसार निर्धारित समय सकिएपछि थप गरिएको ३ मिनेट सकिए पछि मुख्य रेफ्री दिपेन्द्र तामाङले सिठ्ठी बजाए । त्यसपश्चात नव आदर्शको तर्फबाट जर्सी नम्बर ४ का सन्देश भण्डारीलाई नियम विपरीत पुनः मैदानमा प्रवेश गराएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त निर्णयले खेलको निष्पक्षतालाई गम्भीर प्रभाव पारेको र फिफा नियमअनुसार खेल समाप्त भएपछि प्रोटेस्ट गरेको जनाइएको छ । साथै रेफ्री तथा म्याच ममिस्नरहरुलाई कारवाहिको माग समेत गरेका थिए । ५ गतेको विवाद नटुंगिएपछि ७ गते सेमिफाइनल खेल खेल्न पुग्दा आफुहरुलाई पुनः खेल खेल्न आग्रह गर्दा असन्तुष्टि व्यक्त गरेका हुन् । आफुहरुले जितेर सेमीफाइनलमा पुगिसकेको खेल खेल्नुपर्ने कारण बारेमा खुलाउन समेत आग्रह गरेका छन् । नव आदर्शका अध्यक्ष दिनेश भण्डारीको नाम रहेको उक्त पत्रमा नव आदर्शले ५ गतेको क्वाटरफाइनल खेलमा आफुहरुको गल्ति कसरी भयो भनि प्रश्न गरेका छन् । उनीहरुले खेल पुनः गराउने प्रावधान खेलको समयावधिको कुन दफा, कति धारा, कुन उपधारामा पुनः खेल बारेम उल्लेख छ? भनि प्रश्न गरेका छन । एन्फा, आयोजक, एलजी र नव आदर्शले छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए । उता आयोजकले ७ गते नै नव आदर्शलाई पत्रचार गर्दै खेल पुनः सञ्चालन गर्न अनुरोध गरेको थियो । आयोजकले एन्फाबाट खेल पुनः सञ्चालन गर्न भनेको भन्दै पत्राचार गरेको थियो । उता खेल संयोजक निरज गुरुङ र क्लबका अध्यक्ष नरप्रसार गुरुङको हस्ताक्षर रहेको पत्रानुसार एन्फाको पत्र अनुसार नै खेल पुनः सञ्चाल गरिने भनि नव आदर्शलाई पठाइएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७ गते नै शितल ज्योती कप २०८१ मा एलजी एसोसिएसन र नाकोड्सबीच खेलाडी परिवर्तन गरी पेनाल्टी सुटआउट मा सहभागी भएको विषयमा प्रतियोगिताको नियमावली स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुरा पुनः खेल खेलाउन सकिने भनि कास्की जिल्ला फुटबल संघलाई पत्राचार गरेको थियो । उक्त पत्रमा महासचिव किरण राईको हस्ताक्षर रहेको छ ।
के छ ल अफ दी गेममा ?
परित्याग गरेको खेल पुनः खेलाउनुपर्ने हुन्छ । फुटबलको ल अफ दी गेममा भनिएको छ, ‘प्रतियोगिताको नियम वा आयोजकले अन्यथा निर्धारण नगरेसम्म परित्याग गरिएको खेल पुनः खेलाइन्छ ।’ ल–३ मा भएको व्यवस्था अनुसार कुनै एक टिमले आफ्ना अतिरिक्त खेलाडीलाई परिवतर्न गरेको छैन भने ति खेलाडीलाई अतिरिक्त समयमा थप गर्न सक्ने भनि उल्लेख छ । तर, खेलमा अतिरिक्त समयको सुरुवात, बीचको अवधि र अतिरिक्त समयको आधा– समयमा पनि प्रतिस्थापन गर्न सकिन्छ भनि उल्लेख गरिएको छ । सोही नियमको ल–१० को पेनाल्टि सम्बन्धि सुटआउटमा गोलरक्षक बाहेक अन्यले जारी राख्न नपाउने व्यवस्था गरिएको छ । खेलाडी, वैकल्पिक खेलाडी, प्रतिस्थापन गरिएको खेलाडी वा टोली अधिकारीलाई चेतावनी दिन वा बाहिर पठाउन सकिन्छ । उक्त नियममा भनिएको छ, ‘गोलरक्षक बाहेक अन्य खेलाडी जो मैदानमा छन उनलाई प्रतिस्थापन गर्न सकिदैन ।’





