शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सम्झौताको चार महिना अगावै धोबादी सडक कालोपत्रे

सम्झौताको चार महिना अगावै धोबादी सडक कालोपत्रे


  • अर्जुन काफ्ले
  • बैशाख २ २०८२, मंगलबार

स्याङ्जा/पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरु कारबाहीमासमेत परेका छन् ।

यहाँको राङखोला–धोबादी सडकमा रकम भुक्तानी नपाउँदासमेत सम्झौताको समयभन्दा चार महिना अगावै कालोपत्रे गरिएको छ ।

२०८० भदौ १२ गते गणेशकुन्ड इन्द्रायणी रक्तकन्या जेभी, काठमाडौंले २०८२ साउन २८ गते काम सक्ने गरेर पूर्वाधार विकास कार्यालय, स्याङ्जासँग सम्झौता गरेको थियो ।

१९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा सम्झौता गरेको इन्द्रयणी रक्तकन्याले छ करोड नौ लाख ५९ हजार ३ सय ८८ रुपैयाँ ७३ पैसा भुक्तानी लिन बाँकी रहँदै चार महिना अगावै काम सकेको हो । निर्माण कम्पनीले राङखोलादेखि धोवादी खण्डमा ६७६.४३ घन मिटर अर्थात ६.२ किमी प्रिमिक्स कालोपत्रे गरेको हो ।

सम्झौतााको समयमा मेशिनरी, पलम्ब, ग्याबिन, सब बेस, बेसको काम सकेर समय अगावै काम सकेको निर्माण कम्पनीका ज्ञानराज घिमिरेले बताए । यो आर्थिक वर्षमा विनियोजन गरेको साढे पाँच करोड लिएको बताउँदै घिमिरेले काम सकेकाले प्रदेश सरकारले रकमान्तर गरेर पूर्वाधारमा पैसा पठाएमा यो आर्थिक वर्षमा भुक्तानी लिने र नभए आगामी आर्थिक वर्ष लिने बताए ।काम थालेपछि समयमै सकेमा जनतालाई सहज हुने बताउँदै घिमिरेले आफूले थालेका काम सक्न कहिल्यै ढिलाइ नगरेको दाबी गरे ।

एउटा योजना जिम्मा लिएर सकेपछि मात्र अर्को काम आफूले थाल्ने गरेको बताउदै घिमिरेले निर्माण कम्पनीले म्याद गुजारेर काम गर्न नहुने बताउनुभयो ।

कालोपत्रे गर्ने क्रममा १९ दिन सवारी साधन आवगमनमा रोक लगाएर कालोपत्रे गरिएको थियो । यो सडक कालोपत्रे गरिसँगै गाउँपालिका सदरमुकाम पुग्ने १७ किलोमिटर पूरै कालोपत्रे भएको पूवाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारीले बताए ।

यो सडक यसअघि आरएआडीपीले १८ वर्ष पहिला गरेको ओटासिल उप्किएसँगै गण्डकी प्रदेश सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरेको हो । पहिलाको बाटो सिङ्गल लेनको साँगुरो रहेकोमा अहिले ६.५ मिटर कालोपत्रेसहित नाला गरेर आठ मिटर चौडाको सडक बनेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->