आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि प्रवीन र आइरालाई

पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि प्रवीन र आइरालाई


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८२, आइतबार

पोखरा/बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेन्मेन्ट हाउसले आयोजना गरेको पोखरा चाइल्ड स्टार सिजन ४ को उपाधि पोखरा पब्लिक स्कूलका प्रवीन श्रेष्ठ र सेन्टम्यारी स्कूलकी आइरा गुरुङले जितेका छन् ।

शनिबार पोखरामा सम्पन्न ग्रान्ड फिनालेमा उनीहरुले उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः बालक र बालिकातर्फको शीर्ष स्थान हासिल गरे ।

पुरुषतर्फ प्रथम रनर अपको उपाधि जिवेश थापाले प्राप्त गरे भने दोस्रो रनर अप अस्मिन भुजेल बने । मोस्ट ट्यालेन्टेड अवार्ड प्रतीक श्रेष्ठले जिते ।

बालिकातर्फ फस्ट रनर अप ग्रीष्मा गौतम, सेकेन्ड रनर अप पुनम सेन ठकुरी घोषित भइन् । बेस्ट क्याट वाक अवार्ड रिहाना बास्तोलाले प्राप्त गर्दा बेस्ट पोज अवार्ड भने गरिमा सिंहले हात पार्न सफल भइन् ।

फिनालेमा निर्णायकको भूमिकामा सङ्गीतकार रमेश श्रेष्ठ, पत्रकार, गीतकार तथा सङ्गीतकार आरजू बिष्ट ‘सल्यानी’, फेसन मोडल माया गुरुङ, इञ्जिनियर अनिल ढुङ्गाना तथा प्रमुख निर्णायकको रुपमा प्रा. डा. दिप माला श्रेष्ठ गुरुङ रहेकी थिइन् ।

यस्तै कार्यक्रममा शिखर संगित सम्मान २०८२ बाट सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित भए भने सोसल आइडल सम्मानबाट प्रा. डा. दिप माला श्रेष्ठ गुरुङ, इश्वरी बिक र बुद्धि मिजार सम्मानित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->