तस्बिर : रञ्जिता शर्मा/ढोरपाटन
बागलुङ/नेपालका कम्प्युनिष्टहरु सैद्दान्तिक रुपमा नभइ व्यक्तिगत स्वार्थका कारण फुट्दै गएको कम्प्युनिष्ट नेताहरुले बताएका छन् । आफ्ना कमीकमजोरी सुधार गरेर अगाडि बढेमा कम्प्युनिष्ट एक बन्न सक्ने उनीहरुको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवशको अबसरमा एमालेले आयोजना गरेको बिचार गोष्ठीका सहभागिले पार्टीमा दक्षिणपन्थी अबसरवाद हावी भएको समेत बताए । महाधिवेसनमा एउटा एजेण्डा बोक्ने, तर व्यवहारमा अर्कै कार्यशैली देखाउचे चरित्रले नेपालको कम्युनिष्ट पार्टीहरु तितरबितर भएको पनि उनीहरुले बताए ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसीले लोकतन्त्र र गणतन्त्र स्थापनामा भूमिका खेलेका पार्टीहरु एकजुट नभए फेरी व्यवस्था खतरामा पर्ने बताइन् । उनले देशको बिकासकालागि पनि फुटेर भन्दा जुटेर अगाडि जानुको बिकल्प नभएको बताइन् । उनले पार्टी भित्र दक्षिणपन्थी अबसरबादमा जाने छुट नभएको बताइन् ।
बर्तमान सत्ता साझेदार कांग्रेस र एमाले मिल्नु अहिलेको आवस्यकता भएको पनि उनले बताइन् । राज्यको आवस्यकता पर्दा जनआन्दोलन देखि संविधान निर्माणमा जुटेका दुइ दल अहिले राष्ट्र संकटमा परेकोले जुट्नु परेको बताइन् । पछिल्लो समय व्यवस्था बिरोधीहरु उठ्न लागेपछि सत्ता साझेदार मिल्नु परेको बताए । हाल राज्यमा देखा परेका विभिन्न समस्या समाधानमा पनि सत्तासाझेदारले नै बिकल्प दिनुपर्ने बताइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले एमाले लगायतका सबै कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अबसरबाद हावी भएको बताए । उनले कम्प्युनिष्ट पार्टीमा लागेकाहरुले नै अबसरबादमा लागेर राज्य व्यवस्थालाई कमजोर बनाउन लागेको भन्दै त्यस्ता पात्र र प्रवृत्तिलाई बेलैमा चिर्न आग्रह गरे । उक्त अबसरमा अर्का केन्द्रीय सदस्य सूर्य पाठकले बन्दुकबाट सत्ता ल्याउनुपर्छ भन्नेलाई मतदानबाट भन्ने बनाउने मदनभण्डारीको सिद्दान्तलाई अझै दलहरुलाई पढाउनुपर्ने बेला भएको बताए । उनले आम जनताको घरदैलोमा पनि जनताको बहुदलीय जनवादको बिषय लैजानुपर्ने आवस्यकता औल्याए ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता, सचिव गणेश थापाको संचालनमा सम्पन्न कार्यक्रममा एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोबिन्द नेपाली, कांग्रेस प्रतिनिधि मिलन केसी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि थानेश्वर सुवेदी, एमालेका पूर्व अध्यक्ष श्रीप्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





