सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

वैदेशिक रोजगारीमा बाल दुर्व्यवहारमा परेपछि दुई महिलाको उद्दार

वैदेशिक रोजगारीमा बाल दुर्व्यवहारमा परेपछि दुई महिलाको उद्दार


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८२, बुधबार

बागलुङ/वैदेशिक रोजगारीको सिलसिलामा ओमन पुगेकी महिलालाई उद्दार गरेर नेपाल ल्याइएको छ । घरेलु कामको सिलिसिलामा दुव्र्यवहारमा परेपछि भागेर सम्पर्कविहिन भएपछि उनले नेपालमा सम्पर्क गरेकी थिइन् । उनलाई दुतावासको सहयोगमा उद्दार गरिएको हो ।

एकथरी कामको सम्झौता गरेर अर्कै काम लगाएको र दुव्र्यवहार समेत गरेपछि काममा बस्न नसकेर सम्पर्कविहिन भएकी एक महिलालाई उद्दार गरेर नेपाल ल्याइएको हो । कुवेत पुगेकी अर्की एक महिला बिरामी परेपछि काम गर्न नसक्ने अवस्थामा नेपाल फर्किएकी हुन् ।

गलकोट नगरपालिकाका ती महिलालाई सुरक्षित आप्रवासन कार्यक्रम सामीले उद्दार गरेर नेपाल ल्याएको हो । गलकोट नगरपालिका वडा नं. ३ की महिला गत कात्तिकमा कुवेत गएकी थिइन् भने वडा नं. ८ की अर्की महिला २०८० फागुनमा कुवेत गएकी थिइन् ।

घरेलु कामदारको रुपमा गएपनि जे काम भनेर गएको सो नपाई फरक परेको र दुव्र्यवहारमा परेपछि फर्कन बाध्य भएको उनीहरुले बताएका छन् । समस्याले अलपत्र परेका महिलाले सुरक्षित आप्रवासन केन्द्रमा जानकारी गराएका थिए ।

केन्द्रले नेपाली दुतावासको सहयोगमा उनीहरुलाई फिर्ता ल्याएको हो । फिर्ता भएका दुवै जना महिला परिवारको सम्पर्कमा आइसकेका छन् । उनीहरुको कानूनी प्रक्रिया पनि अगाडि बढाइने सुरक्षित आप्रवासन कार्यक्रम सामीका प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->