बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीमा ‘एक पालिका, एक स्माट हुलाक’ कार्यान्वयनमा

म्याग्दीमा ‘एक पालिका, एक स्माट हुलाक’ कार्यान्वयनमा


  • हरिकृष्ण गौतम
  • बैशाख ११ २०८२, बिहिबार

म्याग्दी/अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरमा हुलाक कार्यालय स्थापना भएको छ । नेपाल सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत ‘एक पालिका, एक स्माट हुलाक’ कार्यालय स्थापना गर्ने नीति लिएसँगै म्याग्दीमा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा एक समारोहका बिच गाउँपालिका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गदैं जनचाहना अनुसार हुलाकको सेवा पनि प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको अवस्थामा सरकारी तथा ब्यक्तिगत चिठीपत्र मात्रै नभई दैनिक प्रयोग हुने आधारभूत कागजात सहित जनताको आवश्यकता अनुसारकासेवाहरू हुलाक मार्फत जनताको घरदैलोमा पु¥याउने व्यवस्था मिलाउन सक्नुपर्ने बताए ।

सोही अवसरमा गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले पालिकाको केन्द्रमा हुलाक कार्यालय स्थापना भएपछि सुलभ र प्रभावकारी हुलाक सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए । पालिका हुलाकमा खरिदार सहित ४ जनाको दरबन्दी रहने जिल्ला हुलाक कार्यालयकी सूचना अधिकारी सम्झना भण्डारी बानियाँले बताइन् ।

यसैबीच रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा समेत हुलाक कार्यालयले सेवा सुरू गरेको छ । पालिकाको केन्द्र बाहिर रहेका इलाका हुलाक कार्यालयलाई स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकायसँगको समन्वयमा पालिकाको केन्द्रमा स्थापना गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए ।

म्याग्दीका ६ स्थानीय तहमा एक जिल्ला हुलाक र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ । प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम इलाका हुलाक हटाइएको छ । हाल जिल्ला हुलाक सहित पालिकामा प्रमुख सहित ४० दरबन्दी र अतिरिक्त हुलाकमा ५३ जना कर्मचारी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->