शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनमोहन अधिकारी सच्चा साम्यवादी नेता : पूर्वराष्ट्रपति भण्डारी

मनमोहन अधिकारी सच्चा साम्यवादी नेता : पूर्वराष्ट्रपति भण्डारी


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८२, शनिबार

काठमाडौं/पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छिन्। उनले नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो भनेकी छिन्।

छब्बिसौँ मनमोहन स्मति दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सच्चा साम्यवादीका रुपमा नेता अधिकारीले अवलम्बन गरेको मार्गलाई हामी सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिइन्।
प्रधानमन्त्री अधिकारीको कार्यकालमा देशको विकास तल्लो तहको विकासबाट मात्र सम्भव हुने वास्तविकतालाई मनन गरी ‘आफ्नो गाउँ आफै बनाउँ’ अवधारणा अघि सारेर उहाँले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुभएको पूर्वराष्ट्रपति भण्डारीले बताइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->