सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अज्ञात समूहद्वारा डोजरमा आगजनी

अज्ञात समूहद्वारा डोजरमा आगजनी


  • ढोरपाटन संवाददाता
  • बैशाख १३ २०८२, शनिबार

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिका ५ काफलठुँटामा पार्किङ गरेर राखेको डोजरमा शुक्रबार राति साढे १० बजे आगजनी भएको छ । प्रदेश २–८३–०८१ क १६९८ नम्बरको डोजर ढोरापाटन नगरपालिका ५ का भिम गौतमको रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले जानकारी दिए ।

डोजरले बायखोला–झिम्पा–निसी सडक खण्डको काम गरिरहेको थियो । आगलागीबाट डोजर पूर्ण रुपमा क्षति भएको छ । डोजरमा कसले किन अगाजनी ग¥यो भन्ने नखुलेको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ । डोजरमा आगजनी गर्नेको खोजीकार्य भइरहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->