शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कुँडुले फेदीमा शालग्राम महोत्सव संचालन हुँदै

कुँडुले फेदीमा शालग्राम महोत्सव संचालन हुँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८२, आइतबार
afun'ª gu/kflnsf $ sf] s'8'n] l:yt zfnLu|fd ;+u|fxno 3'Dg cfPsf ef/tLo ko{6s . tl:a/ M k|sfz a/fn÷sflGtk'/

बागलुङ/बागलुङ नगरपालिका ४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव हुने भएको छ ।

मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर आगामी बैशाख १७ गते २१ गतेसम्म शालग्राम महोत्सव संचालन गर्न लागिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

महोत्सवअन्तर्गत दैनिक पाठपारायण, रामायण प्रवचन, भजनकिर्तन, १ सय ८ कलश पुजन, शालग्रामको महत्वबारे चर्चा परिचर्चा, यज्ञ हवन, विद्धान गुरुजनबाट प्रवचन लगायतका कार्यक्रम गरिने स्वामी प्रपन्नाचार्यले बताए । उनका अनुसार, शालग्राम शिला र शालग्राम पाइने एकमात्र नदी कालीगण्डकीको महत्वबारे पनि महोत्सवमा चर्चा हुने छ ।

महोत्सवलाई सफल बनाउन विभिन्न समिति र उपसमिति गठन गरी कामको जिम्मेवारी प्रदान गरिएको संग्राहालयका उपाध्यक्ष हरिप्रसाद शर्मा उपाध्यायले जानकारी दिए । अहिले संग्राहालय परिसर सरसफाई, प्रचारप्रसारका कार्य भईरहेका छन् ।

बाघको मुखाकृति सुरुङ निर्माण गरी संग्रहित गरिएका सवा लाख शालग्रामको दर्शन तथा अवलोकनका लागि पछिल्लो समय दैनिक रुपमा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकको भिड लाग्ने गरेको स्थानीय कृष्ण प्रसाद आचार्यले बताए । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले गर्नुहुने आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->