पोखरा/पोखरा २७ को तालचोकमा प्रधान कार्यालय रहेको लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले आफना सेयर सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिएको छ ।
सस्थाको आफनै सभाहलमा दुई दिनसम्म चलेको तालिममा आम्दानी र खर्चको उचित रुपमा ब्यवस्थापन गर्दै भोलिका लागि वचत गर्ने तरिकाबारेमा जानकारी गराउँदै आय आर्जनका लागि उत्पादनसँग जोडिन आग्रह गरिएको थियो ।
कार्यक्रममा साना किसान विकास लघुवित्तीय सस्थाका शाखा प्रमुख पदम रेग्मीले आजको गास कटाएर भोलिका लागि बचत गर्न सकिने उपायले खर्चलाई नियन्त्रण गर्ने र सानो बचतले पनि भविश्यमा ठूलो सहयोग पुग्नेमा जोड दिएका थिए ।
लेखनाथ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद पौडेलले आम्दानीको लेखाजोखा गर्दै घर व्यवहार चलाउने गरे समस्या नपर्ने बताए ।
सस्थाका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैक तालचोक शाखाका प्रमुख सृजना हुमागाई र सस्थाका उप प्रबन्धक विष्णुप्रसाद चापागाई लगाएतले सहकारी शिक्षा र उत्पादनसँग जोडिनका लागि सहुलियत दरमा ऋण लिएर पनि आय आर्जनमा जोडिन सकिने विचार राखेका थिए ।





