बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला

किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला


  • ढोरपाटन संवाददाता
  • बैशाख १९ २०८२, शुक्रबार

पोखरा/ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। मृत्यु हुनेमा वीरगन्ज, पर्साकी प्रिसा साह रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ।

गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्। प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरैपटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।

यसैविच, भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी) ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ । एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० को विद्यार्थी संगठन हो ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->