आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

महारानीथान समूहकी र्सिजना र मीनाको जोडी प्रथम

महारानीथान समूहकी र्सिजना र मीनाको जोडी प्रथम


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८२, आइतबार

म्याग्दी/सफा र स्वच्छ समाज बनाउन म्याग्दी जेसीजले शनिबार सदरमुकाम बेनीबजारमा फोहोर संकलन दौड आयोजना गरेको छ । सबै नागरिक मिलेर सर्वाजिनक स्थानलाई फोहोररहित बनाउनुपर्ने सन्देश सहित आयोजित प्रतियोगितामा बेनी नगरपालिका वडा नं ७ महारानीथान समुहकी सिर्जना शर्मा र मिना जिसीको समुहले उनीहरुले ४२.७२ केजी फोहोर संकलन गदैं प्रथम भएको छ ।

यसैगरी द्वितीय बिटी चोककी बिनम थजाली, एन्जल थजालीले ४२.४१ केजी र तृतिय जिल्ला फुटबल संघको तर्फबाट जिल्ला फुटबल संघको प्रजिया कार्की र रिधिमा भट्टचनले ३३.५१ केजी फोहोर संकलन गरी उपाधी जित्न सफल भएको म्याग्दी जेसीजका सहसचिव गोकुल सुनारले जानकारी दिए । प्रतियोगीले संकलन गरेको फोहोरलाई जोखेर घोषणा गरिएको थियो ।

विजेतालाई भित्ते घडी, करुवा र सरसफाई साम्रागी नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, पूर्व अध्यक्ष बिनय श्रेष्ठ, खम थापामगर, वीरेन्द्र श्रेष्ठ, शाखा अध्यक्ष बिनोद घर्ती क्षत्रीले वितरण गर्नुभएको थियो । सोही अवसरमा बेनी नगरपालिकाका सरसफाई कर्मचारी राजु किसान, राम मगर र उमेश पटेललाई नगद १५ सयसहित उपहार प्रदान गरिएको कार्यक्रम संयोजक एवम् शाखाका महासचिव देबेन्द्र घिमिरेले बताए ।

कालिपुल बसपार्कबाट सुरू भएको फोहोर संकलन दौड बेनीबजारका विभिन्न टोल हुदै बिरेन्द्रचोकमा पुगेर समापन भएको थियो । दौडमा २ जनाको जोडी बनाएर ४५ मिनेटको अवधिमा बेनीबजारको सार्वजनिक स्थानबाट ३ सय केजी फोहोर संकलन गरिएको थियो ।

प्रतियोगितामा विभिन्न संघसंस्था, नेपाल प्रहरी सहित विद्यार्थी गरी २० टिमले सहभागिता जनाएका थिए भने अप्रतियोगी ५ जनाले समेत फोहोर संकलन अभियानमा सहभागिता जनाएका थिए । म्याग्दी जिल्लालाई नै स्वच्छ बनाउने अभियानकाबारेमा सचेतना फैलाउन प्रतियोगिताको आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->