शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुनचौपारी र आँधीखोला पूर्ण खोप गाउँपालिका घोषणा

अर्जुनचौपारी र आँधीखोला पूर्ण खोप गाउँपालिका घोषणा


  • अर्जुन काफ्ले
  • बैशाख २१ २०८२, आइतबार

स्याङ्जा/अर्जुनचौपारी र आँधीखोला गाउँपालिकालाई आइतबार एकै दिन पूर्ण खोप गाउँपालिका घोषणा गरिएको छ । दुई पालिकाका १६ –२३ महिना सम्मका बालबालिकाले १३ प्रकारका रोगको लागि १० प्रकारका खोप लगाएसँगै यो बर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिकामा १५ महिना भित्रका बालबालिकाले लगाउनुपर्ने नियमित खोप पुरा भएका १६–२३ महिना सम्मका बालबालिकाले खोप लगाएसँगै पूर्ण खोप पालिका घोषणा गरिएको स्वास्थ्य प्रमुख इन्द्र नेपालीले जानाकारी दिए ।

यहाँ रहेका छ वटामा घरधुरी सर्वेक्षणका आघारमा १६–२३ महिना सम्मा १५६ जनाले खोप लगाएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले आगामी आर्थिक वर्षमा समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रतिबद्धता जनाएका थिए । उनले रोगबाट बच्नका लागि कुनै पनि बालबालिका छुट्न नहुने त्यसको लागि सबै कर्मचारी, स्वयंसेविका सचेत रहन आग्रह गरे ।

पूर्ण खोप घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रबक्ता धन बहादुर गुरुङ, प्रदेश जनस्वास्थ्य कार्यालयका खोप निरीक्षक मनिष कुमारा महतो, आर्युबेद शाखा प्रमुख ललित बहादुर थापा, वडा नं –१ का स्वास्थ्य प्रमुख मनिषा गौतम, स्वयंसेविका उषा केसी लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

यस्तै आँधीखोला गाउँपालिकामा रहेका छ वटै वडामा १६–२३ महिना सम्मका १४६ जनालाई खोप लगाएसँगै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको पालिका अध्यक्ष विश्वराज पौडेलले बताए । दुई पालिकालाई पूर्ण खोप पालिका घोषणा भएसँगै जिल्लाका सात पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । २४ गतेसम्म सबै पालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसँगै जिल्ला हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->