बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

भारतको हमलापछि तस्बिरमा पाकिस्तानका केही स्थानहरू

भारतको हमलापछि तस्बिरमा पाकिस्तानका केही स्थानहरू


  • बीबीसी
  • बैशाख २४ २०८२, बुधबार

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न नौ स्थानमा क्षेप्यास्त्र हमलाहरू गरेपछि दुवैतर्फबाट घटनाका विवरणहरू सार्वजनिक भैरहेका छन् । भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको हो ।

मुहम्मद वाहिद पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादस्थित बिलाल मस्जिद नजिकै बस्छन् । ‘म गहिरो निद्रामा थिएँ जतिखेर पहिलो विस्फोटले मेरो घर हल्लियो,’ उनले बीबीसीलाई भने । ‘म भागेर सडकमा पुगेँ जहाँ मानिसहरू जम्मा भइसकेका थिए । के भइरहेको छ भनेर भेउ पाउन अगावै थप तीन क्षेप्यास्त्र खस्यो जसले निकै त्रास फैलियो र हडकम्प मच्चियो ।’

महिलासहित दर्जनौँ मानिसहरू घाइते भएका र नजिकैका अस्पतालमा लगिएका वाहिदले बताए । पाकिस्तानको पञ्जाब प्रान्तको मुरिद्केका बासिन्दा मुहम्मद युनिस शाहले भारतले प्रहार गरेका चार क्षेप्यास्त्र एक शैक्षिक संरचनामा खसेको बीबीसीलाई बताएका छन् ।

पहिलो तीन क्षेप्यास्त्र एकपछि अर्को गर्दे खसेको र चौथो चाहिँ पाँच–सात मिनेटको अन्तरालपछि खसेको उनले बताए । स्कूल, कलेज, होस्टल तथा मेडिकल कम्प्लेक्स समेत रहेको उक्त परिसरमा आंशिक क्षति पुगेको छ । शाहले त्यहाँ आवासीय क्षेत्र पनि रहेको र केही परिवार त्यहाँ बस्ने गरेको बताए । उनका अनुसार त्यहाँ उद्धारकर्मी, अग्नि नियन्त्रक तथा प्रहरी पुगेको र मानिसहरूमा त्रास व्याप्त रहेको छ । ‘सबै मानिसहरूलाई अन्य सुरक्षित ठाउँमा लगिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->