पोखरा/ योङ्ग कम्युनिट लिग (वाइसियल) नेपाल स्याङ्जा जिल्लाको चौथो सम्मेलनले अर्जुन तिवारी (सफल) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
५१ सदस्यीय कमिटिमा ६ जना पछि मनोनित गर्ने गरी शनिवार सम्पन्न चौथो जिल्ला सम्मेलनले ४५ जनाको कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश रिजाल र दिपेश कुमाल, सचिवमा सागर भट्टराई, सहसचिवमा आविश्कार क्षेत्री चयन भए । यसैगरी सदस्यहरुमा प्रेम राना, टोप ब गुरुङ, राजेश श्रेष्ठ, सुवास सुनार लगायत छन् । सम्मेलनको माओवादी केन्द्र स्याङजाका इन्चार्ज तथा केन्द्रीय सदस्य शैलेन्द्र घिमिरेले उद्घाटन गरे्का थिए । त्यस अवसरमा वाइसियल केन्द्रका महासचिव गणेश शाही र सचिव हरि ढकालको पनि सहभागिता रहेको थियो । उक्त अवसरमा बिभिन्न पार्टि परित्याग गरि नेकपा माओबादि केन्द्रमा ३० जना भन्दा बढी प्रबेश गरेको पार्टीले जनाएको छ ।





