बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पाेखराकाे जानकी माविमा अक्षयकोष थपिदै

पाेखराकाे जानकी माविमा अक्षयकोष थपिदै


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०८२, बुधबार

पोखरा/ पोखरा महानगरपालिका–१७ महतगौडास्थित जानकी माविमा जन्मदिनको अवसरमा अक्षयकोष थपिएको छ । विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिन पारेर विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।

जन्मदिनमा गरिने फजुल खर्च कटाएर उनले विद्यालयमा अध्ययनरत जेहेन्दार एवम् विपन्न विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उदेश्यका साथ २१ हजार १२१ रुपैयाँ बराबरको कोष स्थापना गरेका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा सुहार्द भण्डारीले प्रधानाध्यापक अर्जुन कडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । अक्षयकोषको रकम सानो भएपनि जन्मदिनका अवसरमा अन्य खर्च कटाएर शैक्षिक क्षेत्रमा सहयोग गर्नुपर्दछ भन्ने सन्देश फैलिएको उक्त अवसरमा जनाइएको थियो । यसैगरी विद्यालयमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका ४७ जना विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिका सदस्य सञ्चारकर्मी हरि बास्तोला, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी लगायतले स्वागतसमेत गरेका थिए ।

स्थानीय एलेक्स शर्मा भण्डारीले आप्mनो जन्मदिनका अवसरमा विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना गर्नुका साथै विद्यार्थीलाई १० हजार मुल्यको शैक्षिक सामाग्री वितरण गरेका थिए । २०३५ सालमा स्थापना भएको सो विद्यालयमा हाल तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षामा जोड दिएको कारण संस्थागत विद्यालय छोडेर सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ्गले बताए । विद्यालयमा विभिन्न संघसंस्था एवम् शिक्षाप्रेमी व्यक्तित्वबाट १५ लाख भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । उक्त रकमको व्याजबाट प्रत्येक बर्ष जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको उनको भनाई छ । विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामाग्री बनाउने तालिम सञ्चालन भईरहेको छ । उक्त कार्यक्रमका लागि गण्डकी प्रदेश सरकारले पाँच लाख रुपैया वजेट विनियोजन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->