शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बसाइसराइँ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ

बसाइसराइँ रोक्न कृषि विकास रणनीति बनाउँदै वालिङ


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८२, बिहिबार

स्याङ्जा/स्याङ्जाको वालिङ नगरपालिकाले दीर्घकालीन कृषि विकास योजना र रणनीति बनाउन सुरु गरेको छ ।

बसाइसराइँको कारण गाउँको उर्वर जमिन बाँझै हुने अवस्था पुगेको भन्दै यसको रोकथामका लागि दीर्घकालीन योजना बनाउन सुरु गरेको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए ।

उनले भनmे‘गाउँगाउँमा रहेको उर्वर भूमि बसाईसराइका कारण बाँझो हुने अवस्थामा पुगेको छ । कुन ठाउँमा कुन खेती गर्न सकिन्छ भन्ने स्पष्ट जानकारी नागरिकलाई दिन सके बर्सासराइँ रोकिन्छ कि भन्ने छ ।’ गाउँको बाँझो जमिनको सदुपयोग गर्न रणनीति अति आवश्यक परेको उनको भनाइ छ ।

वालिङ नगरपालिकाले हेफर प्रोजेक्ट नेपालसँगको सहकार्यमा दीर्घकालिन कृषि विकास योजना तथा रणनीति बनाउन लागिएको नगरप्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष पदमराज गुरुङले जानकारी दिए ।

१४ वटा वडा रहेको वालिङमा सबै वडाको वस्तुस्थितिसहित रणनीति तयार हुने हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विष्णुप्रसाद पाण्डेले बताए । वालिङ कृषि विकास परियोजनाको सम्झौता अनुसार हेफरको आर्थिक तथा प्राविधिक सहयोगमा रणनीति तयार गर्न लागिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->