बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दीको ताकममा युनाइटेडको श्वास्थ्य शिविर

म्याग्दीको ताकममा युनाइटेडको श्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

म्याग्दी/युनाइटेड क्लबको आयोजनामा म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र पोखरा रानीपौवामा रहेको मेडि प्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको प्राविधिक सहयोग र पोखरा १० राम बजारमा रहेको नरहरी पोलिक्लिनकको ब्यवस्थापनमा सम्पन्न शिविरमा ९ सय ५७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा ३ सय २५ जनाले भिडियो एक्सरे, ४ सय जनाले इसिजीको सेवा लिएका थिएभने अन्यले स्वास्थ्य परिक्षण, परामर्श र निःशुल्क औषधिसम्बन्धी सेवा लिएका थिए । शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुतिरोग, मुटु, छाती, पेट, हाडजोर्नी, नशा, बाल र छालारोग सम्बन्धी परिक्षण तथा सुगर र प्रेसरको परीक्षण गरिएको थियो ।

शिविरमा धवलागिरी गाउँपालिकाका ताकम, धारापानी, हिलापोखरी, शिवाङ, काफलडाँडा, मच्छिम, मुना, पलीयागाउँ, दर, मुदी, खिवाङ, खोरीया, लमसुङ, लुलाङ, गुर्जा लगायतका बासिन्दाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->