
पोखरा
माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ
पोखरा त साञ्चिकै पो पोखरा पो रैछ
नेपालगञ्जबाट जागिरको शिलशिलामा पोखरा आएका स्वर्गीय प्रेमप्रकाश मल्लले पोखरा बसाइमा यो गीत लेखे । जसको महत्व अहिले पनि उत्तिकै छ । यो गीत सुन्नेमात्र होइन, नसुनेकाहरु पनि पोखरा भन्नसाथ फेवाताल हेर्न र डुंगा चढेर शयर गर्न उत्सुक भइहाल्छन् ।
पछिल्लो समय नेपालीहरु अझ युवा पुस्तामा ‘देश दर्शन’ को लहरै चलेको छ । यसैक्रममा शनिवार सार्वजनिक यातायात बन्द भए पनि पोखराको फेवातालमा आन्तरिक पर्यटकको ठूलै चहलपहल देखियो । देशका विभिन्न स्थानबाट शैक्षिक भ्रमण, सहकारी, आमा समूह, क्लब, युवा समूहलगायतको टोलीले तालमा डुंगा चढेर तालबराही मन्दिरको दर्शन गरेका थिए ।

oplus_2

oplus_2

oplus_2

oplus_2

oplus_2

oplus_2

oplus_2

तस्बिरहरु लालप्रसाद शर्मा





