शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राधिका दासीद्वारा नवग्रहमा पुजा तथा दर्शन

राधिका दासीद्वारा नवग्रहमा पुजा तथा दर्शन


  • अर्जुन काफ्ले
  • जेष्ठ २९ २०८२, बिहिबार

स्याङ्जा/नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा ख्यातीप्राप्त भागवत मञ्जरी राधिका दासीले विधिवत पूजा तथा दर्शन गरेकी छन् । बिहीबार दासीले अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्मित नेपालकै पहिलो नवग्रह मन्दिरमा पूजाआजा तथा दर्शन गरेकी हुन् ।

दासीले नवग्रह मन्दिरसँगै रहेको षट्कोण शिवालयमा रहेका पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग र कोणमा रहेका गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्तिमा समेत पूजाआजा गरेकी थिइन् । धार्मिक नयाँ गन्तब्य बनेको नवग्रह मन्दिरमा षट्कोण शिवालयमा पूजाआजासँगै दासीले पञ्चकन्याको मन्दिरमा पुगेर पूजा गरेकी थिइन् । शनिबार मात्र खुल्ने नवग्रहको पहिलो एक घेरामा मात्र घुमेर दासी बाहिर निस्किएकी थिइन् ।

भागवत मञ्जरी राधिका दासीले नवग्रह मन्दिर देशकै पहिलो र नयाँ धार्मिक पर्यटनको गन्तव्य भएको बताइन् । यस्तो ठुलो संरचना बन्नु पालिकाका लागि मात्र नभई समग्र देशकै लागि गौरवको कुरा भएको र यसको संरक्षण र प्रबद्र्धनका लागि सबै एकजुट हुनुपर्ने दासीको भनाई थियो । नवग्रह मन्दिरको दर्शन गर्न पाउँदा आफूलाई खुसी लागेको र यसको परिकल्पना गरेर देशमै पहिलोपटक नवग्रह मन्दिर निर्माणको पहल गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई धन्यवादसँगै दासीले बधाई समेत दिइन् ।

घर तथा शक्तिपीठमा नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ पहिलो पटक नवग्रह मन्दिर निर्माण गरिएको हो भने गत फागुन ६ गतेबाट १६ गते सम्म शिवरात्रीको अवसरमा अनुष्ठान गरिएको थियो । यो नवग्रह मन्दिर नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो रहेको छ ।

१५७ रोपनीमा फैलिएको धार्मिक वनमा निर्माण गरिएको नवग्रह मन्दिरको पिलरको सबैभन्दा माथी आकाश फर्काएर सौर्यमण्डलिय ब्रमाण्डको प्रतीक राखिएको छ । यहाँको प्रतीमा हिन्दुधर्मका कहलीएका धार्मिक ज्योतिषीको निर्देशनमा नवर्दा नदिको शिलाबाट भारतमा बनाइएको हो ।

पिलरको १४ फिटमा सुर्य, शुक्र, केतु, चन्द्र, मङगल, बुध, शनि, बृहस्पती र राहुका प्रतीक राखिएको छ भने पिलरको नौ वटा भुजामा ग्रह अनुसारका रङ लगाइएको छ । यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने सौर्यमण्डलिय ब्रमाण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->