काठमाडौं / अनेरास्ववियुको अध्यक्षमा डा. सुजनक कडरिया निर्वाचित हुँदा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।
कडरियाले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७ सय २४ मत प्राप्त गरे । खुला उपाध्यक्ष तर्फ विकास श्रेष्ठ र महिला तर्फ अञ्जना सिवाकोटी निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ७ सय ८ र ७ सय ७५ मत प्राप्त गरे । त्यस्तै, महासचिवमा दिपक धामी ७ सय ८५ मत प्राप्त गर्दा उप महासचिवमा कमल ८ सय १६ मत प्राप्त गरे ।
त्यसैगरी, चार जना सचिव तर्फ आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ३ सय ६०, ३ सय ४, २ सय ७३ र २ सय ६८ मत पाएका थिए । केन्द्रीय आयोग तर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन् ।
लेखा अयोग अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी हुँदा अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए ।
त्यस्तै, अयोग तर्फै नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् । जेष्ठ २५ गतेदेखि काठमाडौँ कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयमा जारी जारी महाधिवेशन बिहीबार नयाँ नेतृत्वको लागि निर्वाचन भएको थियो ।





