सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वच्छ मासु उत्पादन र बिक्रीबारे अभिमुखीकरण

स्वच्छ मासु उत्पादन र बिक्रीबारे अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८२, शुक्रबार

बागलुङ/बागलुङ नगरपालिका र हेफर परियोजना नेपालको आर्थिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन बागलुङको सहजिकरणमा संचालित ‘आत्मनिर्भर बागलुङ कार्यक्रम’को आयोजनामा एक दिने स्वस्थकर मासु उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास अन्तर्गत अभिमुखीकरणमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बागलुङका प्राविधिकले मासु व्यवसायीकालागि आवस्यक सुझाव र मासु उत्पादन गर्दा ध्यान दिनुपर्ने जानकारी गराएका थिए ।

बागलुङ बजारमा मासु पसल संचालन गरेका ३५ जना मासु व्यापारीहरूलाई उक्त अभिमुखीकरण गरिएको हो । जिल्ला स्तरीय अनुगमनको क्रममा अधिकांस पसलमा न्युनतम मापदण्ड पुरा नभएको, मासु विक्रि गर्ने स्वच्छता मापदण्ड पूरा नगरिएको पाइएकोले तालिम संचालन गरिएको हो । बागलुङ नगरपालिकाबाट ती पसलहरुमा सुधारकालागि जानकारी गराइसकेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

कार्यक्रममा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र बागलुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. ऋषि राम सापकोटा र हेफर परियोजना नेपालका वरिष्ठ कार्यक्रम अधिकृत डा. राजेन्द्र ढकालले सहजीकरण गरेका थिए । बिशेषगरी पशुको वध स्थल र मासु निरीक्षण ऐन र नियमावलीका बारेमा डा. सापकोटाले र स्वच्छ मासु ह्यान्डलिङ, मासुजन्य जिवाणु र संक्रमक रोगहरूका साथै स्वास्थ्य सिद्धान्त बारेमा डा. ढकालले सहजीकरण गरेका हुन् । अभिमुखीकरण अघि १५ वटा मासु पसलहरूको अनुगमन गर्दा भण्डारन, बिक्री र उत्पादनमा समस्या देखिएको थियो । सोही समयमा पनि दिइएको सुझाव सहित अभिमुखीकरण गरिएको परियोजना संयोजक गणेश कंडेलले जानकारी दिइन् ।

कार्यक्रममा नगरउपप्रमुख राजु खड्काले वध स्थल स्थापना गर्न तोकिएका मापदण्ड पालना गर्नै पर्ने धारणा राखे । नगरपालिकाले प्रदेश र संघिय सरकार संग समन्वय गरेकोले ती बधशाला सुधारमा थप सहयोग जुटाउने बताए । पछिल्लो समय नेपालले चीनसँग मासु निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेपछि उत्पादन बढाउने र शुद्दतामा ध्यान दिने काम शुरु भएको डा. सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->