आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीका ४ अस्पताललाई गाडी

गण्डकीका ४ अस्पताललाई गाडी


  • ढाेरपाटन संवाददाता
  • असार १६ २०८२, सोमबार

पोखरा / गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका ४ अस्पताललाई पहिलो पटक गाडीको व्यवस्था गरेको छ । बागलुङको धौलागिरी आयुर्वेद अस्पताल र बुर्तिबाङ अस्पताल, गोरखाकाे आँपपिपल अस्पताल र कास्कीको गण्डकी आयुर्वेद अस्पताललाई गाडी उपलब्ध गराइएको हो ।

स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले सम्बन्धित स्वास्थ्य संस्थालाई सोमबार गाडीको चावी हस्तान्तरण गरे । प्रदेश सरकारले गण्डकीका १३ अस्पताललाई हालैमात्र स्तरोन्नति गरेको थियो । अस्पतालको बेड थपेरमात्रै स्तरोन्नति नहुने भन्दै मन्त्री पाठकले अस्पतालहरुको सुदृढिकरण गर्ने योजना अनुसार गाडी प्रदान गरिएको बताए । ‘अस्पताललाई भवन, उपकरणलगायत पूर्वाधारयुक्त बनाउँदै लगेर सेवाप्रवाहलाई चुस्त बनाउने योजना हो’, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->